बन्दको अवज्ञा गर्ने उपर कारवही भए लोकतान्त्रिक मोर्चा जिम्मेवार नहुने
Advertise Here Book Now

वीरगन्ज, २२ भदौ,संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको आज बीरगन्जमा बसेको बैठकले विभिन्न पाँच सुत्रीय निर्णय गर्दै जारी अनिश्चितकालीन बन्दको अवज्ञा गर्ने उपर आक्रोषित जनताले कारवाही गरे जिम्मेवार नहुने जनाएको छ । मधेसी जनताका अधिकारका लागि युवाले अफ्नो प्राणको वलिदानी गरिरह्द अरुले बन्दको अवज्ञा गरे आन्दोलनको अपमान हुने मोर्चाको ठहर छ ।
पर्साका ५ र बराको १ गरी ६ आन्दोलनमा मारिएका युवाको परिवालाई जनहि २० हजार रुपैया आर्थिक सहयोग दिने, र आन्दोलनका क्रममा घाइते भएकाको परिवारलाई भेटी आवस्यक सहयोग गर्न समिति गठनको निर्णय भएको छ । त्यसतै पर्साको हरपतगंगमा भदौं २३ गते बुधबार विहान ७ बजे देखि जनजागरण सभा आयोजना गर्ने, शहिदप्रति सम्मान प्रकट गर्दै मुण्डन गराउन मोर्चामा अवद्ध दलका नेता कार्यकर्तालाई निर्देशन र जनतालाई आग्रह गरिएको मोर्चाका नेता संघीय समजबादी फोरम नेपालका पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।
बन्दलाई अवज्ञा गर्दै संचाल गरिएको उद्योग, बैंक तथा वितीयसंस्था, यातायात, सरकारी तथा  गैरसरकारी संस्थालाई अविलम्ब बन्द गर्ने अपिल गरेको  निर्णय गरेको छ । ‘्मधेसी जनताको अधिकारका लागि आप्mनो प्राणको वलिदानी दिने ६ जना युवाको शहातदलाई अपमानित गर्दै वीरगन्ज भन्सार र सुख्खा बन्दरगाहमा कार्यरत एजेन्टहरुले काम गरेको जानकारी छ,’ यादवले भने । मोर्चाका पर्सा संयोजक पुरुषोत्तम झाको अध्यक्षतामा बसेके बैठकम सद्भावना पार्टीका सहअध्यक्ष समेत रहेका सभासद लक्षमणलाल कर्ण, केन्द्रिय सदस्य नेजामुद्दीन समानी, तमसपाका जिल्ला अध्यक्ष प्रेमचन्द्र साह लगायतको उपस्थिती थियो । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्