सिरहामा गच्छदारका केन्द्रीय सदस्यको घरअगाडि बम विस्फोट,
Advertise Here Book Now

सिरहा, २२ भदौ । मिर्चैया नगरपालिकामा साझ ६:३०  बम विस्फोट भएको छ ।
मिर्चैया नगरपालिका–५ स्थित विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का केन्द्रीय सदस्य वीरेन्द्र साहको घर अगाडि बम विस्फोट भएको हो ।
विस्फोटबाट कुुनै किसिमको क्षति भने नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बम विस्फोटपछि नगरपालिकाका स्थानीयको भागाभाग भएको छ । बम कसले विस्फोट गरायो भन्ने बारेमा खुल्न सकेको छैन् ।
फोरम लोकतान्त्रिले भने, उपेन्द्र, राजेन्द्र र महन्थ ठाकूर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बम विस्फोट गराएको आंशका गरेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्