नक्कली आन्दोलनकारी बाट सवाधान हुन मोर्चाको आग्रह
Advertise Here Book Now
वीरगन्ज,२१ भ्दौं । सद्भावना पार्टीका सह–अध्यक्ष लक्षमणलाल कर्णले मधेशी जन्तलाई हत्या गरेर भएपनि संविधान ल्याउन सरकार ततपर रहेको आरोप लगाउनु भएको छ । वीरगन्जमा निहत्था जनता माथि सरकारले गोली चलाएर त्यसको पुस्टि गरेका कर्णले दावी गर्नुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज पर्साको सिर्सियामा स्थित ड्राइर्पोट चोकमा आयोजना गरेका आमसभालाई सम्बोधन गर्दै नेता कर्णले राज्य दमनमा उत्रीएको बेला वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह भन्सारमा कार्यरत कर्मचारी तथा एजेन्टले मधेशीको अधिकारका लागि कामकाज छाडनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले खस शासकहरुको तेल र रासनको लागि मात्र वीरगन्ज नाकालाई सरकारले प्रयोग गरेकाले भन्सारको काम कारवाही ठप्प पारेर कर्मचारी र एजेन्टले मधेशीको आन्दोलनमा सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष लालबाबुर राउत गद्दीले अधिकारको लागि शान्ति पूर्ण आन्दोलनमा उत्रीएका निहत्था जन्तालाई सरकारले हत्या गरी रहेको आरोप लगाउनु भयो। शान्तिपुर्ण आन्दोलनमा रहेका मधेशीको टाउकोमा गोली हानी सरकारले हत्या गरेको प्रमाणहरु मानव अधिकारवादीहरुले संकलन गरी रहेको जानकारी दिदै सभासद समेत रहेका उपाध्यक्ष गद्दीले संकलित प्रमाणलाई अन्तर्राष्ट्रिय अदालतमा पेशगरी सरकारमाथि हत्याको अभियोग लगाउने तयारी भएको बताउनुभयो ।
कार्यक्रममा फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगम, विरेनद्र यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानी, मोहनलाल चौधरी, तमलोपाका केन्द्रिय सदस्य रमेश प्रसाद कुर्मी, जर्नाधन यादव लगायतका केन्द्रिय सदस्यहरुले अब नाकाबन्दी नगरे सम्म मधेशीको अधिकार खसवादि सोच राख्ने सरकारले नदिने बताए ।
कार्यक्रममा फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले नक्कली आन्दोलनकारीबाट सावधान रहन सर्वसाधारणलाई सुझाव दिर्दै मधेशको २२ जिल्लामा नदेखिएको नामको मोर्चा वीरगन्जमा खडा गरी नक्कली आन्दोलनकारीहरुको समुह आन्दोलनलाई भाडन आएको खुलासा गर्नु भयो। उहाँले प्रहरीले प्रहार गरेको गोलीबाट आन्दोलनकारीको मृत्यु तथा घाइते भएपनि अस्पतालमा ती घाइतेहरुको दुख पिडा समेत बुझन नआउने तत्वहरु आफुलाई ठुलो आन्दोलनकारी भएको स्वाङ गरेकाले त्यस्ता नक्कली आन्दोलनकारीबाट सावधान हुन आम जनतालाई आग्रह गर्नु भयो ।
आन्दोलन चर्काएको दावी गर्ने मोर्चाले मान्छेको मृत्यु भएपछि भाग्दै हिडेको आरोप लगाउदै प्रदीप यादले अवसरवादीहरुबाट सचेत रहन मधेशी जनतासंग आग्रह गर्नुभयो ।


