मधेश आन्दोलन प्रति समर्थन रैली बिरगंजक नेपाली कांग्रेश नगर सभापति पक्राउ
Advertise Here Book Now

बि रगंज २९,मंगलबार
मधेसमा जारि आन्दोलन प्रति समर्थन जनाउदै बिरगंज नेपालि कांग्रेस नगर कार्य समितिले सभापति म। श्हाबुदीनको अगुवाइमा निकालेको येक्य्बधता रैलीमा प्रहरीले हस्त्षेप गर्दै १४ कार्यकर्ता सहित घन्टाघर बाट दिउसो  १२।३०  बजे पक्राउ परेको छ।  मधेसमा जारी दमन बन्द गर्न , कर्फ्यु दंगा ग्रस्त क्षेत्र खारेज गर्न,प्रहरीको दमन बन्द गर्न ,मधेस आन्दोलनमा मारिएको हरुलाई सहिद घोसना गर्न  माग गर्दै प्रदर्शन गरिएको  थियो। माइस्थान बाट सुरु गरिएको शान्ति पूर्ण रैलीमा,  प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै कार्यकर्ता हरु  पवन श्रार्फ़ ,मनोहर गुप्ता,परमानन्द साह कानु,सन्तोस गुप्ता, हुकुम सिंह,हरिन्द्र यादव,दिवाक देवान,रबिन्द्र ठाकुर,मुमताज अन्सारी,बिजेन्द्र चौरसिया,दिनेस गुप्ता लगयात अन्य १४ जना कार्यकर्ता पक्राउ परेको छ।  पक्राउ परेकोहरु अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्