सिरहामा हतियारसहित दुई पक्राउ
Advertise Here Book Now


शम्भु यादव
लहान । आज विहान सशस्त्र प्रहरी बल सिमा सुरक्षा ठाडीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ । ठाडीको बसपार्क नजिकै रहेको पोखरीको डिलमा बसिरहेको वेला सशस्त्र प्रहरी निरिक्षक पदम बहादुर खडकाको नेतृत्वमा गएको गस्ती प्रहरी टोलीका सशस्त्र प्रहरी जवान अरुण यादवले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धुनषा ढलकेवर नगरपालिका ७ बस्ने ६८ वर्षिय नुर महम्मद र  सोही जिल्ला दौरीप्रवाहा ९ का २६ वर्षिय दामोदर पासमान रहेको प्रहरीले जानकारी गराएका छन् । उनीहरुको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद गरेको छ ।
साथै उनीहरुको साथबाट प्रहरीले सेतो धुलो पहेलो धुलो, फलामको छेनो, भारु रुपैया, घडी र औठी पनि बरामद गरेका छन् । उनीहरुलाई अहिले सशस्त्र प्रहरीले प्रहरी चौकी ठाडीलाई जिम्मा लगाएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्