मधेशी नेता बारे प्रचण्डको एक खुलासा……….
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम ,
३० भाद्र । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो
संविधानसभाले किन संविधान दिन सकेन र हाल मधेसीहरु आन्दोलनमा हुँदा पनि
कसरी संविधान जारी हुँदैछ भन्ने विषयमा सन्नसनीपूर्ण खुलासा गरेका छन् ।
उनको भनाइ उदधृत गर्दै जनआस्था साप्ताहिकमा यस्तो खबर छः
‘अघिल्लो संविधानसमा ११ प्रदेशको सहमति भएको थियो । प्रत्यक्ष निर्वाचित
राष्ट्रपतिमा पनि कुरा मिलेकै थियो । त्यसबेला म विवाद समाधान उपसमितिको
संयोजक थिएँ । मधेसका नेता साथीहरुलाई ११ प्रदेशको सहमत गराएर स्टेटमेन्ट
तयारा पारेँ । तर मधेसका साथीहरुले हामी सही गर्न सक्दैनौं भनेर अन्तिममा
भनिदिए ।
अनि पार्टीभित्र अति क्रान्तिकारी देखिनु पर्ने वैद्यजी, विप्लवजीजस्ता साथीहरुले तिनैको अफिसमा गएर ‘तपाईहरुले हामीलाई बचाउनुभयो , हाम्रा नेताले विश्वासघात गरे, धोका दिए’ भनेका अहिले मेरो दिमागमा ताजा भएर आएको छ । हेर्छु, अहिले तिनै मान्छेहरु पनि संविधान निर्माण हुन नदिनेमा छन् ।
मधेसलाई बढी भयो
प्रादेशिक सीमांकनमा सवभन्दा बढी पाएको मधेसले नै हो । लिम्बुहरुले लिम्बुवान पाएनन्, किराँतहरुले किराँत पाएनन्, तामसालिङ पनि भएन । तर, सप्तरीदेखि पर्सासम्म पहिचानको आधारमा झन्डै ४५ लाख जनसंख्या भएको सारा, उद्योग, कलकारखाना भएको भूभाग उहाँहरुले पाउनु भएको छ । अरुले त त्यस्तो केही पनि पाएका छैनन् ।
‘अघिल्लो संविधानसमा ११ प्रदेशको सहमति भएको थियो । प्रत्यक्ष निर्वाचित
राष्ट्रपतिमा पनि कुरा मिलेकै थियो । त्यसबेला म विवाद समाधान उपसमितिको
संयोजक थिएँ । मधेसका नेता साथीहरुलाई ११ प्रदेशको सहमत गराएर स्टेटमेन्ट
तयारा पारेँ । तर मधेसका साथीहरुले हामी सही गर्न सक्दैनौं भनेर अन्तिममा
भनिदिए ।अनि पार्टीभित्र अति क्रान्तिकारी देखिनु पर्ने वैद्यजी, विप्लवजीजस्ता साथीहरुले तिनैको अफिसमा गएर ‘तपाईहरुले हामीलाई बचाउनुभयो , हाम्रा नेताले विश्वासघात गरे, धोका दिए’ भनेका अहिले मेरो दिमागमा ताजा भएर आएको छ । हेर्छु, अहिले तिनै मान्छेहरु पनि संविधान निर्माण हुन नदिनेमा छन् ।