सत्ताइस लाख बढीको गुट्खा बरामद.............
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम / प्रहरीले आज चन्द्रनिगाहपुरस्थित राजमार्गबाट गुट्खा बोकेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार राजस्व छलिगरेर लु १ क ६९१ नम्बरको ट्रकमा पानकिङ्ग नामक गुट्खा लोड गरी धनुषा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
२७ लाख ६६ हजार बराबरको तीन सय बोरा गुट्खासहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक कपिलदेव गिरीलाई समेत नियन्त्रणमा लिएको छ ।
न्यू पश्चिमाञ्चल ट्रेडर्स तथा साइन ट्रेडर्सको बिलबिजकबाट जनकपुरको जय बजरङ्ग ट्रेड सेन्टर जनकपुर, दिलास सप्लायर्स बर्दिबास महोत्तरीको नाममा बिक्री गरेको बिलबिजक भए पनि सो परिमाणको सबै गुट्खामा अन्तःशुल्कको स्टिकरसमेत नपाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले बरामद गुट्खाको आधारमा खरिदकर्ताको नाममा जारी गरिएको करबिजक बिलसमेत अनुसन्धानको घेरामा रहेकाले छानबिनका लागि आन्तरिक राजस्व कार्यालय सिमरामा पठाइएको बताए ।