असोज ३ मा तराई–मधेस कब्जा गर्ने युवा संघको उद्घोष
Advertise Here Book Now
अबको प्रधानमन्त्री केपी शर्मा ओली
ऑनलाइन सिरहा डटकम / युवा संघ नेपालले संविधान जारी हुने दिन असोज ३ गते तराई कब्जा गरेर दिपावली मनाउने चुनौति दिएको छ ।
ऑनलाइन सिरहा डटकम / युवा संघ नेपालले संविधान जारी हुने दिन असोज ३ गते तराई कब्जा गरेर दिपावली मनाउने चुनौति दिएको छ ।
युवा संघले तराईका २० जिल्लामा सद्भाव
अभियान सञ्चालन गरेपछि कोशी अञ्चलको प्रमुख भएर विराटनगर आएका युवा संघ
प्रवक्ता प्रभातविक्रम कटुवालले यस्तो चुनौति दिएका हुन् ।
‘अहिले तराईका केही जमिनदारले पैसा खुवाएर
सद्भाव विथोल्न केही सोझा–सिधा जनतालाई सडकमा उतारेका छन्,’ मंगलबार
विराटनगरमा अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले भने, ‘असोज ३ गते
साँझ युवा संघको नेतृत्वमा तराई कब्जा हुन्छ, अविरको होली खेल्दै हामी
दिपावली मनाउँछौँ ।’ उनले कांग्रेस, एमाओवादी र अन्य दलका नेता
कार्यकर्तालाई पनि सडकमा उतारेर दिपावली मनाउने दाबी गरे ।
परिवारको विवाहमा अतिसवाजीसहित पटका
पट्काएर धुमधाम गर्ने नेताले तराई–मधेसका जनताको सम्वोधन गर्न नसक्ने भन्दै
कटवालले सर्वसाधारणले त्यो बुझेको जिकिर गरे ।
‘अहिले जति पनि जनता सद्भाव विथोल्न सडकमा
आएका छन्, ती सबै सोझा–सिधा र जमिनदारको पैसा पचाउन आएका हुन्,’ कटुवालले
भने, ‘हामी अहिले पनि सद्भाव विथोल्नु हुँदैन भन्नेमा छौँ । त्यसैका लागि
भदौ ३२ गते वृहत सद्भाव ¥याली निकाल्ने तयारीमा छौँ ।’
सडकमा ‘गिरिजा प्रसाद कोइराला मुर्दावाद’
भन्ने नारा लगाएको भन्दै त्यस्ता नारा लगाउने नेपाली नभएको जिकिर गरे ।
‘पूर्व प्रधानमन्त्री कोइरालाको निधन भैसकेको वर्षौँ भैसक्यो ।
अहिले उहाँलाई मुर्दावाद भन्दै नारा
लगाउने व्यक्ति नेपाली होइन ।’ उनले त्यहाँ भारतीयहरुको घुसपैठ भएको अरोप
लगाए । नेपालीलाई अधिकार नेपालले दिने हो,’ उनले भने ‘भारतीयले दिदैँन ।’
केपी ओली प्रधानमन्त्री भएपछि तराई–मधेसका माग सम्वोधन
कटुवालले एमाले अध्यक्ष केपी शर्मा ओली
प्रधानमन्त्री भएपछि तराई–मधेसका माग सम्वोधन गर्ने जिकिर गरे । ‘संविधान
बनेपछि केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने ‘त्यसपछि तराई–मधेसका
माग सम्वोधन हुन्छन् ।’
उनले विजयकुमार गच्छदार र उपेन्द्र
यादवप्रति लक्षित गर्दै भने– ‘तराईका जमिनदारले तराई–मधेसको माग सम्वोधन
गर्न सक्दैनन् । तराई–मधेसका जनताको माग सम्वोधन गर्ने एमालेले हो ।’
कार्यक्रममा कोशी अञ्चलन सह–इञ्चार्ज
शीवमाया तुम्वाहाम्फे, नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मी, युवा संघका
पूर्वञ्चल प्रमुख पर्शुराम बस्नेतलगायतले पनि सम्वोधन गरेका थिए ।


