मधेशीमोर्चाका पाँच कार्यकर्ता पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम , जिल्लास्थित मधेशी मोर्चाका पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव, रामेश्वर यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसैद, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता र तराई–मधेश लोकतान्त्रिक पार्टीका जिल्ला नेता अनिल सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।
मोर्चाका यी नेताहरु पूर्व जिल्ला सभापति राजेन्द्र पटेलको दलानमा बसिरहेकै अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले भ्यानमा हाली लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।


