राष्ट्रपतिले यसकारण भेटेन समय दिएन सभामुखलाई ….
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २८ भदौ । आगामी असोज ३ गते संविधान जारी मिति निश्चित भएपछि घोषणाका लागि राष्ट्रपति डा रामवरण यादवलाई निम्ता दिन हिडेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले भट्ने समय दिएनन् ।
सोमबार साँझ ७ बजे निम्ता दिने तरखरमा रहेका सभामुख नेम्वाङलाई राष्ट्रपतिले भेट्नका लागि समय नदिएका हुन् । संविधान घोषणाको विषयमा निम्तो दिन शीतलनिवास जान चाहेका सभाध्यक्षलाई राष्ट्रपतिले समय नदिएको हो ।

असन्तुष्टहरुलाई वार्ता नगरी ल्याइएको संविधान आफुले हस्ताक्षर गर्ने वा नगर्ने बारे राष्ट्रपतिले गम्भीर छलफलमा केन्द्रित भएको भन्दै तत्काल के गर्ने बारेमा चिन्तीत भएको श्रोतले बताए । उहाँले दलहरुले असोज ३ गते संविधान ल्याउने मिति तय गरी सकेको अवस्थामा अब कानून अनुसार कसरी कदम चाल्ने सकिन्छ बारे आफ्ना नजिककाहरु सँग छलफल र सल्लाह गरी रहनु भएको श्रोतको भनाई छ ।
तर, सोमबार भेट्न समय नदिएपनि मंगलबार विहान सभामुख नेम्वाङले जसरी पनि राष्ट्रपतिलाई भेट्ने र संविधान घोषणाको निम्तो दिने संविधानसभा सचिवालयले जनाएको छ ।
तर, सोमबार भेट्न समय नदिएपनि मंगलबार विहान सभामुख नेम्वाङले जसरी पनि राष्ट्रपतिलाई भेट्ने र संविधान घोषणाको निम्तो दिने संविधानसभा सचिवालयले जनाएको छ ।