कटुवा पेस्तोल सहित दुई पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम लहान भाद्र ३० -सशस्त्र प्रहरी बल सीमा सुरक्षा ठाडीले दुई जनालाई कटुवा पेस्तोल सहित
पक्राउ गरेका छन्। मंगलबार ठाडीको बसपार्क नजिक रहेको पोखरीको डिलमा बसेर
योजना बनारहेको बेला सशस्त्र प्रहरी निरिक्षक पदम बहादुर खडकाको नेतृत्वमा
गएको गस्ती टोलीको प्रहरी जवान अरुण यादवले दुवै लाई पक्राउ गरेका हुन् ।पक्राउ पर्नेमा धुनषा ढलकेवर नगरपालिका ७ निवासी ६८ वर्षिय नुर महम्मद र सोही जिल्ला दौरीप्रवाहा ९ वस्ने २६ वर्षिय दामोदर पासमान रहेको प्रहरीले जनाएका छन्।दुबैको खानतलासी गर्दा प्रहरीले एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली संगै सेतो धुलो , पहेलो धुलो, फलामको छेनो, भारु रुपैया, घडी र औठीबरामद गरेका छन् ।

