गच्छदारको लाइनमा आए महन्थ ठाकुर, त्यसैले भयो भैरहवा नाका खुल्ला
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम /संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सप्तरीमा बसेका बैठकले नेपाल भारतको
प्रमुख तीन नाका ठप्प गर्ने र त्यसका लागि मोर्चाका चारै जना नेताले आआफ्नो
जिम्मेवारी बाँडफाँड गरे ।
बिराटनगरको जोगवनी नाकामा बस्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जिम्मेवारी लिएका थिए भने वीरगञ्जको नाकामा सद्भावना पार्टीका अधयक्ष राजेन्द्र महतो, भैरहवा नाकामा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बस्ने जिम्मेवारी लिएका थिए । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलाई छोटी भन्सार तथा नाकाहरु ठप्प गर्ने जिम्मेवारी दिएको थियो ।
नेपाल भारतका सबै सिमा नाकाहरु ठप्प रहेपनि तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पाएका भैरहवाको नाका खुल्ला रहेको छ । त्यहाँबाट भारतबाट मालसमान आयत भइरहेका छन् । मधेशी मोर्चाका अन्य नेताहरुले जिम्मेवारी पाए अनुसार आआफ्ना नाकामा डेरा जमाएर बसेका छन् । त्यसले गर्दा त्यहाँबाट एउटा पनि मालबाहक ट्रकलाई नेपाल छिर्न दिएका छैन तर भैरहवा नाकामा तमलोपाका कुनै पनि जिम्मेवार नेता नभएको र सानातिना कार्यकर्ता भएपनि उनीहरुलाई प्रहरीले धपाएर ट्रकहरु पास गराई रहेका छन् । हिजैदेखि सो नाकाबाट मालसमानहरु आइरहेका छन् ।
भैरहवा नाका नगएर तमलोपाका सबै नेताहरु काठमाडौमा नै थिए । भैरहवा नाकामा बस्न सक्ने नेताहरु उपाध्यक्ष ह्रदयश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ला, अर्का महामन्त्री गोविन्द चौधरीलगायतका नेताहरु काठमाडौमै समय विताई रहेका छन् । मोर्चाका एक नेताले भने, काठमाडौमै बस्नु थियो भने नाका ठप्प गर्ने जिम्मेवारी किन लिनुभयो । जनता यहाँ प्रहरीको लाठी खाएर नाकामा बसेका छन् । उनीहरु काठमाडौमा बसरे तीन दलका नेताहरुसँग वार्ता गरिरहेका छन् । यस हिसाबले आन्दोलन सफल हुँदैन ।’
कसैसँग कुनै वार्ता गर्नुपर्यो भने मोर्चाको आधिकारीक निर्णय हुनुपर्छ, कोही पनि मोर्चाको नाममा अनौपचारिक वा औपचारिक वार्ता गर्न मिल्दैन ती नेताले भने, महन्थ ठाकुरले अहिले जसरी गर्नुहुन्थ्यो, त्यसरी नै विजयकुमार गच्छदार पनि गर्नुहुन्थ्यो । उहाँले पनि मोर्चालाई कुनै जानकारी नै नदिइकन तीन दलको वार्तामा जानु हुन्थ्यो आखिर अन्त्यमा मधेशले कस्तो परिणाम पायो, त्यो सबैको सामुनेमा छ ।’
असोज ७ गते मधेशबाट काठमाडौ आएका महन्थ ठाकुर तीन दलका नेताहरुसँग छलफलमा व्यस्त छन् । ती नताहरुसँग उनले मोर्चाको हैसियतमा पटक पटक वार्ता गरेका छन् तर कुनै निष्कर्ष निस्केका छैनन् । उनले पनि आफूलाई मोर्चाको आधिकारिक व्यक्ति भन्दै हिजो गठन भएको नारायणकाजी श्रेष्ठ, महेश आचार्य र अग्नी खरेल सदस्य रहेको वार्ता समितिसँग पनि वार्ता गरेका छन् । जब कि कसैसँग वार्ता गर्ने अधिकार मोर्चाले कसैलाई तोकेको छैन ।