भारतले विरोध गर्नुको अर्थ छैन
Advertise Here Book Now

KP OLi एमाले अध्यक्ष केपी ओलीले विश्व समुदायले नेपालको संविधान स्वागत गरेका बेला भारतले विरोध गर्नुको अर्थ नरहेको बताएका छन ।
राजधानीमा मगलवारबाट शुरु भएको एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुलाई लोकतान्त्रिक मुलुक दाबी गर्ने भारतले नेपालको संविधानको विरोध गर्नु अर्थहिन भएको बताए । नेपालको आन्तरिक मामिला सम्बोधनका लागि नेपाली दल सक्षम रहेको उनको भनाई छ ।
ओलीले असन्तुष्ट दलहरु चाँडै सहमतिमा आउने भन्दै वार्ता टोलिले आफ्नो काम गरिरहेको जानकारी दिए । एक फरक प्रसंगमा उपराष्ट्रपति परमानन्द झाको अभिव्यक्तिप्रति इंगित गर्दै ओलीले भने,हिजो एउटा महामहिमले बाधा अड्काउ फुकाउ मार्फत मागपुरा गर्नुपर्छ भन्नुभएको छ , म उहाँलाई आग्रह गर्न चाहान्छु राजनीति नगर्नुहोस् ।’
उपराष्ट्रपतिले सोमवार आफ्नो कार्यलयको लेटर प्याट प्रयोग गरि राज्यले मधेश माथि विभेद गरेको भन्दै राजनीतिक तरिकाले समस्यको समाधान गर्न विज्ञप्ति निकालेर आग्रह गरेका थिए ।
एमालेले संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा पार्टीको आगामी कदम सम्बन्धमा छलफल गर्न राष्ट्रिय भेला बोलाएको हो ।
भेलामा केन्द्रीय कमिटिका सदस्य, सांसद, पार्टीका जिल्ला अध्यक्ष, जनवर्गिय संगठनका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागिता रहने सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्