सञ्चारमन्त्रीले थर्काएपछि भारतिय च्यानलहरुको पुनः प्रसारण सुरु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम असोज १३/ सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बन्द गरीएका भारतीय च्यानल
पुनः प्रसारण गर्न नेपालका केवल सञ्चालकहरुलाई २४ घण्टे अल्टिमेटम
दिएलगत्तै मंगलबार बेलुकाबाट भारतिय च्यानलहरुको पुनःप्रसारण सुरु भएको छ ।
सुरु
गरीएको भारतिय च्यानलहरुमध्ये मनोरञ्जनात्मक सामग्री प्रसारण गर्ने च्यानल
बाहेक सबै रोक लगाइएको केवल सञ्चालकहरुले बताएका छन । च्यानलहरुमध्ये
स्टारप्लस , स्टार गोल्ड , कलर्श , स्टारमुभि , युटिभी लगायत मनोरञ्जनात्मक
सामग्री प्रसारण गर्ने च्यानलहरु रहेका छन भने समाचार दिने भारतिय
च्यानलहरुभने प्रसारणमा रोक लगाइएको केवल सञ्चालकहरुले बताए छन ।
भारतले
नेपालबिरुद्ध लगाएको अघोषीत नाकाबन्दी बिरुद्ध नेपालका केवल सञ्चालकहरुले
भारतिय च्यानलहरु प्रसारणमा रोक लगाएका थिए । रोक लगाएको एक घण्टा बित्न
नपाउदै सञ्चारमन्त्री रिजालले च्यानल बन्द गरेर समस्याको सामधान नहुने
भन्दै रोक लगाइएको भारतिय च्यानलहरु पुनः प्रसारण गर्न केवल सञ्चालकहरुलाई
२४ घण्टे अल्टिमेटम समेत दिएका थिए ।


