भारतबाट आउन लागेको फलफूल र तरकारीले भरिएको ट्रकलाई आउन दिएन नेपाल
Advertise Here Book Now

ऑनलाइन सिरहा द्तादक असोज १३ / अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन थालेका छन् ।

सरकारको निर्देशनमा मंगलबारबाट भारतले पठाएका तरकारी, फलफूलजस्ता तत्काल सड्ने वस्तु भन्सारमै रोकिएका छन्। नयाँ संविधानको विरोधमा मधेसकेन्द्रित दलले जारी राखेको हडताल र विरोधलाई बहाना बनाएर भारतले ६ दिनदेखि खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थ नेपाल निकासीमा रोक लगाउँदै आएको छ । औद्यागिक कच्चा पदार्थ र तयारी वस्तु भने रोकिएको छैन।

उसले भारतीय व्यापारीलाई फाइदा पुग्ने गरी तरकारी, फलफूलजस्ता तत्काल कुहिने वस्तु बोकेका कन्टेनर मात्र नेपाल पठाउँदै आएको छ। ‘भारतले अति आवश्यकीय वस्तु पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास आयतमा विभिन्न बहानाले बन्देज लगाएकाले अन्य सामान कुहिने को पनि भन्सार क्लियरेन्स नगर्न भन्सार नाकाका अधिकारीलाई निर्देशन दिइएको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले मंगलबार नागरिकसँग भने, ‘भारतले नाकाबन्दी नगरेको देखाउन तत्काल आवश्यक नभएका कुहिने र सड्ने वस्तु मात्र पठाउने नियत राखेकाले यस्तो निर्देशन दिइएको हो ।’

ती अधिकारीले पेट्रोलियम पदार्थ बोकेका ट्यांकरसँगै अन्य वस्तु बोकेका कन्टेनर आए मात्र भन्सार क्लियरेन्स गरिने जानकारी दिए । पेट्रोलियम पदार्थ र ग्यास रोकेर अन्य वस्तु मात्र छाड्ने काम गरिए नेपाली भन्सारले पनि विभिन्न बहाना लगाएर क्लियरेन्स दिनेछैनन् । यस्तो निर्देशन भारतसँग जोडिएका प्रमुख र छोटी सबै भन्सार नाकाका अधिकारीलाई दिइएको ती अधिकारीले जानकारी दिए।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्