डावरमा नृत्य प्रतियोगिता
Advertise Here Book Now

teej 1ऑनलाइन सिरहा द्त्क्म  ,भाद्र ३१ -भाद्र शुक्ल तृतीयाको दिन बुधबार नेपाली हिन्दू महिलाहरुले हरितालिका तीज विभिन्न ढङ्गले मनाएका छन् । भाद्र शुक्ल द्वितीयाको राती दरको रुपमा मिठो मसिनो खानेकुरा खाएका ब्रतालु महिलाहरु तृतीयाको दिन दिनभर निराहार ब्रत बसेर पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्छन् । पानी समेत पिउन समेत नहुने मान्यता रहेको तीज मनाउन आफ्नो माइत आएका छोरीचेली र विभिन्न कारणले आफ्नै घरमा रहेका बुहारी अनि अविवाहित चेलीहरुले तीजको दिन नाचगान गरेर आफ्नो मनको बह पोख्छन् ।
संविधान जारी हुने दिन नजिकिंदै गर्दा विशेष गरी तराई मधेशका जिल्लामा मधेशी दलहरुले गरेको आन्दोलनले यातायतका साधन नचल्दा केही सकस रहेको भएपनि सिरहाको विष्णुपुरकट्टी गा.वि.स. ४ डावरमा त्यसको छनकसम्म देखिएन । ‘महिला हिंसा अन्त्य गरौं, महिला मैत्री समाज स्थापना गरौं’ भन्ने नारासहित स्थानीय हातेमालो महिला सचेतना बचत तथा ऋण समूहको आयोजनामा भएको नृत्य प्रतियोगितामा विष्णुपुरकट्टीसहित धनगढी, मुक्सारका प्रतियोगी युवतीहरुले एकल र सामूहिक नृत्य देखाएका थिए । प्रतियोगितामा मुनाल बाल क्लव मुक्सार प्रथम, विष्णुपुरकट्टी १ मारुनी टोलका प्रतियोगी दोस्रो, विष्णुपुरकट्टी ४ भोर्लेनीकी एलिसा लामा तेस्रो र बालज्योति इङ्लिस बोर्डिङ् स्कूल मुक्सार भोर्लेनीकी लक्ष्मी लामा र विष्णुपुरकट्टी ३ सारी बजारकी मनिष परियारले सान्त्वना पुरस्कार पाउनु भएको छ ।

धनगढीस्थित शिशुज्योति इङ्लिस बोर्डिङ् स्कूल, मेलमिलाप तथा विकास मञ्च, कालिका सामुदायिक वन उपभोक्ता समूह र श्रृजना सामुदायिक विकास केन्द्र धनगढी शाखाको सहयोग रहेको नृत्य प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका प्रतियोगीहरुलाई शिशुज्योतिका प्रमुख शिवशंकर महतो र विष्णुपुरकट्टीका पूर्व गा.वि.स. अध्यक्ष नेमबहादुर मगर र आयोजक संस्थाकी अध्यक्ष सुशीला मगरले क्रमशः पाँच, तीन, दुई, एक र सात÷सात रुपैयाँ र प्रमाण पत्र वितरण गर्नु भएको थियो । अधिकारकर्मी तथा समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष देवराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको राममणि मिश्र, दुर्गा परियार, महेश्वर श्रेष्ठ र शोभा शाही निर्णायक रहनु भएको थियो । उक्त समारोहमा सिङ्गो विष्णुपुरकट्टी गा.वि.स.मा पहिलो शिक्षिका र महिला नेतृ निर्मला पोखरेल, समाजसेवी र महिला सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै धनगढीकी बालकुमारी राउत र बुद्ध महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष फूलकुमारी श्रेष्ठलाई दोसला, खादा ओढाएर सम्मान गरिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्