बाबुराम भट्टराईले सम्बोधन गर्ने भनिएको जनकपुर सभा विथोलियो
Advertise Here Book Now

असोज १२, काठमाडौं । एकिकृत माओबादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुर सभा बिथोलिएको छ ।
स्थानीय मधेसी युवाहरुले बाबुरामलाई सहभागी गराएको भन्दै जनकपुरस्थित गोपाल धर्मशालामा आयोजना गरिएको कार्यक्रमको लागि तयार पारिएको मंच भत्काएका छन् ।
अहिले कार्यक्रम स्थल तनावग्रस्त भएको छ । कार्यक्रमको तयारि गरिरहेका भटराई पक्ष नेता प्रभु शाह र रामचन्द्र झा कार्यक्रमस्थलबाट बाहिर निस्केका छन् ।
मधेशी युवाहरुले बाबुरामलाई बोल्न नदिई फिर्ता पठाउन माग गर्दै कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् । भट्टराईलाई सुरक्षाकर्मीले कडा सुरक्षा घेराभित्र राखेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्