मनाङ मर्स्याङ्दी र थ्रिस्टार क्लव भिड्ने
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज(शुक्रबार) हुने खेलमा मनाङ मर्स्याङ्दी क्लव र थ्रिस्टार क्लव भिड्नेछन् ।
नेपाली फुटबलका दुई सदाबाहार प्रतिद्वन्द्वी थ्रि स्टार र मनाङ मर्स्याङ्दीबीचको यो भिडन्तलाई जारी प्रतियोगिताकै बहुप्रतिक्षित भिडन्तको रुपमा हेरीएको छ ।
justify लिगको अंक तालिकामा थ्रि स्टार क्लव दोस्रो तथा मनाङ मस्र्याग्दी चौथो स्थानमा छ । ९ खेलबाट १७ अंकका साथ झापा–११ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
उता, नेपाल पुलिस क्लब माथी ३–० को सहज जित निकाल्दै त्रिभुबन आर्मी क्लब रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ ।
सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा बिहीबार सम्पन्न खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरेपछि आर्मी क्लव ३-० ले विजयी भयो ।


