छोरा नजन्माएको भन्दै १५ दिने सुत्केरीको हत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम २
असोज । लगातार ३ छोरी जन्माएको र छोरा नजन्माएको भन्दै धनकुटा नगरपालिका ८
चाम्जिबुङमा एक व्यक्तिले बिहीबार राति १५ दिनेकी सुत्केरी श्रीमतीको
हत्या गरेका छन् ।
पत्नी शान्ति लिम्बू राईको हत्या गरी ३६ वर्षीय रश्तबहादुर राई फरार रहेको प्रहरीले जनाएको छ । मध्यराति नवजात शिशुसँगै सुतिरहेकी पत्नीलाई पति रश्तबहादुरले ओछ्यानबाट कुट्दै घिसार्दै दलानमा ल्याएर दाउरा प्रहार गरेको प्रत्यक्षदर्शी ९ वर्षीया छोरी रितुले बताइन् ।
‘बुबाले कुट्न थालेपछि आमा चिच्याउनुभयो,’ उनले भनिन्,‘कुटेर लखेट्दै घरको दलानमा लगी घाँटी थिचेर बाबु भाग्नुभयो ।’ मृतकका बाँया आँखा फुटेको र शरीरभरि गहिरो चोटपटक रहेको प्रहरी कार्यालयका प्रवक्ता डम्बरबहादुर खड्काले जानकारी दिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।