»
आन्दोलनरत मधेशबादी दलका शिर्षनेता काठमाडौं फर्किए, दलहरुबीच वार्ताको तयारी
आन्दोलनरत मधेशबादी दलका शिर्षनेता काठमाडौं फर्किए, दलहरुबीच वार्ताको तयारी
Advertise Here Book Now
काठमाडौं २६ भदौ– आन्दोलनरत मधेशबादी दलका शिर्ष नेताहरु काठमाडौं फर्केका छन् । प्रमुख तिन दलले संविधानको निर्माणको मतदान प्रक्रिया दुई दिन स्थगित गरी वार्ताको आव्हान गरेपछि मधेशबादी दलका नेताहरु तराई – मधेशका कार्यक्रम छोडेर काठमाडौं फर्केका छन् । संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव भैरहवाबाट शुक्रवार वेलुका वुद्ध एयरको नियमित उडानबाट काठमाडौं आएका थिए । त्यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर नेता सर्वेन्द्रनाथ शुक्ल र अर्का नेता महेन्द्र राय यादव शनिवार विहान भैरहवाबाट काठमाडौ फर्केका हुन् । तीन दलले आइतबार सम्म असन्तुष्ट पक्षसंग वार्ता र सम्वाद गर्ने समय छुट्टाएपछि वार्ताका लागि नेताहरु काठमाडौ फर्केका हुन् । एकिकृत नेकपा माओबादीका नेता डा बाबुराम भट्टराईले महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्लसंग टेलिफोनमा कुराकानी गरेका थिए । शनिवारनै आन्दोलनरत पक्षसंग वार्ताको तयारी भएको बुझिएको छ ।
Trending :
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्