नेपाली प्रतिनिधी मण्डल र बिहारका मुख्यमन्त्री नितिश कुमार बिच भेट वार्ता
Advertise Here Book Now



वीरगंज ,भदौ २५

नेपालमा क्रियाशिल राजनितीक दलहरुको एकटोलीले बिहिबार साँझ भारत बिहार राज्यका मुख्यमन्त्री नितिश कुमार संग भेटगरी नेपालमा जारी संबिधान निर्माणको प्रक्रिया एवं जारी मधेस आन्दोलनबारे छलफल गरेका छन् । नेपाली प्रतिनिधी मण्डल टोलीको तर्फबाट नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले केहि दिन अगाडी मात्र नेपालमा आएको भुकम्प बाट पिडित नेपालीहरुलाई बिहार सरकारको तर्फबाट गरिएको सहयोगका लागि धन्यावाद दिदै मुख्य मन्त्री नितिश कुमार संग नेपालमा निर्माण भईरहेको संबिधानमा  मधेसमा बसोवास गर्ने मधेसी ,आदिवासी र जनजातीहरुलाई अधिकार बिहिन बनाउने राज्य पक्षद्वारा खेल भईरहेकोले  नेपाललाई सदैव स्वच्छ दृष्टिकोणले हेर्ने भारत सरकारले पनि शोषित पिडितको पक्षमा सकारात्मक भुमिका खेलदिनहुन आग्रह गरेका थिए । भेटकै क्रममा मुख्य मन्त्री कुमारले नेपाल संग खास गरी भारतको बिहार र युपिका जनताहरुको प्रत्यक्ष सम्बन्ध रहेकोले मधेसमा भईरहेको आन्दोलन प्रति हाम्रो चिन्ता बढनु स्वभाबिक रहेको र सकारात्मक पहलको लागि आफु अबिलम्ब केन्द्र सरकार संग समन्वय गर्ने बताउनुभयो । भेटकै क्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरीले वर्तमान संबिधान निर्माणको प्रक्रियामा नागरिकता सम्बन्धि ल्याईएको प्रस्ताव बर्षौ देखि चलिआएको नेपाल भारत वीचको प्रगाढ सम्बन्धमा  पनि असर पर्न सक्ने चर्चा गरेका थिए । त्यसैगरि टोलीमा सहभागि तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य एवं सभासद रमेश प्रसाद कुर्मीले नेपालको हित चाहने भारतको केन्द्र  सरकार भन्दा पनि सिमा जोडिएको युपि   र बिहार सरकारले त्याहाको समस्या लाई नजिकबाट हेर्नु पर्ने तर्क राखेका थिए । टोलीमा सहभागि नेताहरु संगको भेटमा मुख्य मन्त्री नितिश कुमारले नेपाल हाम्रो असल मित्र भएकोले नेपालको भलो मै हाम्रो  पनि भलो रहेको चर्चा  गर्दै भुकम्पमा मात्र होईन कुनै पनि आपदामा पनि हामी नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका थिए । टोलीमा नेपालका पुर्व वरिष्ठ प्रहरी उपरिक्षक सदानन्दन प्रसाद कुर्मी र मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलको सहभागिता रहेको थियो । यसैगरी नेपाली टोली आज बिहान बिहार बिद्यान सभाका प्रमुख सचेतक संजय गान्धी एवं जनता दल युनाईटेडका महासचिव रामचन्द्र प्रसाद सिंह संग पनि भेट गरेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्