करोडपतिलाई रोडमा ल्याउने 'केमद्रुम योग'
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------
केमद्रुम योग (Kemadruma Yoga) त्यत्ति अनिष्टकारी हुँदैन जति अनिष्टकारी भनेर ज्योतिषीहरूले चर्चा परिचर्चा गरेको पाइन्छ। यस योगले नकारात्मक फलमात्र प्रदान गर्दछ भन्ने होइनयसको सकारात्मक पक्षका रूपमा जातकले प्राप्त गर्ने जुझारुपनासङ्घर्ष गर्नसक्ने क्षमता र सामर्थ्यलाई लिन सकिन्छ। जातकले जुझारुपनासङ्घर्ष गर्नसक्ने क्षमता र सामर्थ्य जस्ता विशेषता अपनाउँदा आफ्नो भाग्य निर्माण गर्ने सक्षमता प्राप्त गर्न सक्छ र समस्त बाधा र अड्चनहरूसँग पौंठाजोरी गर्दै समयलाई आफ्नो मुठ्ठीमा अड्याउन सक्दछ। के हो त केमद्रुम योग?, आजको आलेखमा त्यही पक्षलाई प्रष्ट्याउने प्रयास गरिने छ।
ज्योतिषशास्त्रमुताबिक 'केमद्रुम योगतपाईंको राशीअनुसार निर्माण हुने एउटा महत्त्वपूर्ण योग हो। तपाईंलाई थाहा छ हामी चन्द्रमाको गतिका आधारमा नक्षत्रचक्रमा निर्धारित आद्यक्षरका आधारमा नामाकरण गर्दछौं र यसैका आधारमा राशी निर्धारित हुने गर्दछ। व्यक्तिको राशीकुण्डलीमा चन्द्रमा बसेको राशीलाई पहिलो घर(लग्न)मा स्थापना गर्ने गरिन्छ। 'वृहज्जातकनामक प्रसिद्ध ज्योतिष ग्रन्थमा चन्द्रकुण्डलीको द्वितीय र द्वादश भावमा कुनै ग्रह नरहँदा केमद्रुम योगको सिर्जना हुन्छ। वास्तविक केमद्रुम योगको सिर्जना हुनका निम्ति चन्द्रमाका साथमा पनि कुनै ग्रह रहनु हुन्न र उसलाई कुनै ग्रहको पूर्ण दृष्टि पनि परेको हुनुहुन्न। तर चन्द्रमाका अघिपछि वा साथमा छायाग्रह मानिने राहु वा केतु भएपनि यो योग सिर्जना हुन्छ। किनभने कतिपय योगको गणना गर्दा छायाग्रह राहु र केतुको गणना हुँदैन।  ज्योतिषशास्त्रमा चन्द्रमा लाई मनको कारक मानिएको छ। सामान्य जनजीवनमा मन एकान्तमा रह्यो भने त्यसवेला यताउताका नानाभाँती कुरा मनमा खेल्न थाल्दछन्। एकान्तमा बस्नु पर्दा व्यक्तिमा चिन्ता गर्ने प्रवृत्ति विकसित हुन्छ। भनिएकै छ नि - खाली दिमाग सैतानको घर। त्यस्तै चन्द्रमाका अघिपछि चिनामा कुनै ग्रह नहुँदा यस 'केमद्रुम योग'को निर्माण भएको मानिएको हो। तपाईंको कुण्डलीमा केमद्रुम योग छ छैन आफैं विचार गर्न सक्नुहुन्छ। आफ्नो जन्मपत्रिका(चिना) हेर्नुस्चन्द्रमा बसेको अङ्कभन्दा एउटा अङ्कमुनि र एउटा अङ्कमाथिको कोठामा कुनै ग्रहको नाम लेखेको छैन भने तपाईंको जीवनमा पनि यस योगको प्रभाव हुनसक्छतपाईंले त्यस्तो स्थिति देखिएमा यसको सुस्पष्टताका लागि कुनै विज्ञ ज्योतिर्विदको सुझाव प्राप्त गर्नु महत्त्वपूर्ण हुन्छ।

के हुन्छ तकेमद्रुम योगको फल
यस योगमा उत्पन्न भएको व्यक्तिले जीवनमा कुनै न कुनै अवस्थामा दरिद्रताको स्थितिमा गुज्रनु पर्छ र जीवनसङ्घर्षमा होमिनिपर्छ। उसले दैनिकी चलाउन पनि नसक्ने अवस्था आउँछ। ऊ अशिक्षित वा अल्पशिक्षितनिर्धन र मूर्ख पनि हुनसक्छ। उसले वैवाहिक जीवन र सन्तति पक्षको समुचित सुख पनि प्राप्त गर्न सक्दैन। उसको जीवनको अधिकांश समय घरभन्दा बाहिर र टाढा व्यतीत हुन्छ। उसले आफुले सुख् उपभोग गर्न त पाउंदैन नै साथै परिवारका सदस्यहरूले पनि उसबाट सन्तुष्टि पाउन सक्दैनन्। ऊ निरर्थक र व्यर्थ सम्भाषणमा समय यापन गर्दछ। यदाकदा उसको स्वभावमा नीचताका प्रवृत्ति र भाव पनि देखा पर्दछ। केमद्रुम योगमा जन्‍म हुने व्‍यक्तिले निर्धनता र दुःख भोग्नुपर्छ। आर्थिक दृष्टिले ऊ कमजोर हुन्छ। आजिविका चलाउँदा चलाउँदै उसको जीवन बित्छ। मानसिक रूपमा पनि ऊ असन्तुष्ट हुन्छ र सँधैसँधै भौताँरिइ रहनु पर्ने स्थिति हुन्छ। उसले अर्काको भर परेर जीवन धान्नु पर्ने हुन्छ। पारिवारिक सुखमा कमी हुनुका साथै सन्तति पक्षबाट पनि उसले बाधा ब्यहोर्नु पर्ने हुन्छ। तर यस्ता जातकको आयु भने लामो हुन्छ।
सामान्यतया 'केमद्रुम योगहुने मानिसले सङ्घर्ष र अभावग्रस्त जीवन बाँच्नु पर्ने हुन्छ। त्यसिले ज्योतिषीहरू यस्तो अवस्थालाई दुर्भाग्यसूचक मान्दछन्। तर यस अवधारणामा पूर्ण सत्यता छैन। 'केमद्रुम योगकुण्डलीमा हुँदाहुँदै पनि व्यक्तिले आफ्नो कार्यक्षेत्रमा पूर्ण सफलता प्राप्त गर्नुका साथै सामाजिक यश र प्रतिष्ठा पनि प्राप्त गर्दछन्। अधिकांश विद्वानहरू यस योगको नकारात्मक पक्षको चर्चा गर्दछन्तर ज्योतिषमा त्यस्ता विशेष योग पनि हुन्छन्जसले यस योगको खराब पक्षलाई परिवर्तित गरेर राजयोगसरह योगको सिर्जना गर्नसक्छन्। त्यसैले कुनै पनि व्यक्तिको कुण्डलीलाई अध्ययन गर्दा केमद्रुम योगको सम्भावना देखिएमा यस योगलाई भङ्ग गर्ने अवस्था छ छैन विचार गरेर मात्र फलादेश गर्नु राम्रो हुन्छ।

केमद्रुम योग भङ्ग हुने अवस्था (How is Kemadruma yoga cancelled?)
जब लग्नकुण्डलीमा केन्द्रवर्ती भएर चन्द्रमा उपस्थित हुन्छत्यस अवस्थामा केमद्रुम योग सकारात्मक बन्न पुग्छ। त्यस्तै लग्नकुण्डलीकै छैठौंआठौं वा बाह्रौं घरको मालिक बाहेक अन्य ग्रह पनि केन्द्रमा बस्दा केमद्रुम योग प्रभावविहीन बन्न पुग्छ। चंद्रमालाई सबै शुभ ग्रहले देखेको अवस्थामाचन्द्रमा उच्चस्थ रहँदाचन्द्रमाको उपस्थिति नवम वा पञ्चम भावमा हुँदा वा चन्द्रकुण्डलीको केन्द्रमा कुनै ग्रह उपस्थित हुँदासमेत यस योगको अन्त्य हुने विश्वास ज्योतिषीहरू माझमा पाइन्छ। अर्को एउटा मान्यताबमोजिम लग्नकुण्डलीमा र नवांशक कुण्डली दुबैमा केमद्रुम योगको सिर्जना भएको छ भने पनि केमद्रुम योग निष्फल हुन्छअनि सामान्यतया जन्मकुण्डलीमा चन्द्रमा शुभ ग्रह(शुक्रबृहस्पति)का घरमा अर्थात् बृषतुलाधनु र मीन राशी हुने व्यक्तिमा यस योगको दुष्प्रभाव नहुने बताइन्छ।

केमद्रुम योगको शान्तिउपाय (Remedies for Kemadruma Yoga)


केमद्रुम योगको अनिष्ट पक्षबाट जोगिन तलका मध्ये कुनै एउटा वा सकिन्छ र सम्भव छ भने सबै उपायलाई अवलम्बन गर्नुहोस्-

१) सोमवार परेको कुनै पूर्णिमाका दिनदेखि सुरु गरी लगातार चार वर्षसम्म पूर्णिमाको व्रत लिनु पर्दछ।(Fast on the day of Purnima for four consecutive years. Begin this fast from a Purnima which is on Monday)

२) सोमवारका दिन भगवान् शिवको मन्दिरमा गएर शिवलिङ्गमा गाईको काँचो दूधले अभिषेक गर्नुपर्दछ।(Visit a temple on Mondays and pour a cow’s milk on Shivalinga and worship lord Shiva.)

३) भगवान् शिव र माता पार्वतीको नित्य पूजा गर्नुपर्दछ।( Worship lord Shiva and goddess Parvati.)

४) एउटा १०८ दानायुक्त रूद्राक्षको मालाबाट शिवपञ्चाक्षरी मन्त्र 'ॐ नम: शिवायमन्त्रको दैनिक एकमाला जाप गर्नु पर्दछ।(Recite Shivapanchakshari mantra ‘Om Namah Shivaya’ with a Rudraksha mala.)

५) घरमा दक्षिणावर्ती शङ्ख स्थापना गरी नियमित रुपमा 'श्रीसूक्तपाठ गर्नुपर्दछ र दक्षिणावर्ती शङ्खमा जल भरेर त्यसले माता लक्ष्मीको मूर्तिमा अभिषेक गर्नु पर्दछ।(Keep a Dakshinavarti shell in the house and read Sri Sukta regularly. Keep water in this shell and pour it on an idol of Goddess Lakshami. )

६) चाँदीको श्रीयन्त्र निर्माण गरी त्यसमा मोतीसमेत जडान गरी घाँटीमा सिक्री बनाई धारण गर्नुपर्दछ।(Wear a Sri Yantra made of silver with a pearl in it.) स्रोत :जोतिस् साथी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्