उपेन्द्र यादवले भने "भारतविरुद्ध बोल्ने नेपाली मुर्ख "
Advertise Here Book Now
-----------------------------------------------------------------------------------------
असोज ८ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतविरद्ध टिकाटिप्पणी गनेहरुलाई मुर्खको संज्ञा दिएका छन् ।
केही दिनयता भारतविरुद्ध नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीलाई नेपाल–भारतबीचको सम्बन्ध विगार्ने खेल भएको आरोप लगाउँदै यादवले भारतले नाकाबन्दी गर्ने समाचार पनि झुटो भएको दाबी गरेका छन् ।
‘छिमेकी मुलुक भारतविरुद्ध दलका नेता, सञ्चारमाध्यम र विभिन्न क्षेत्रबाट भएका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, बिहीबार निकालेको विज्ञप्तीमा उनले भनेका छन्, ‘भारतसँगको मित्रवत सम्बन्ध विगार्ने गरी कुनै पनि किसिमका नकारात्मक टिप्पणी नगर्न फोरम नेपाल अनुरोध गर्दछ ।’
अहिलेको आन्दोलन मधेसी, दलित, जनजाति र पिछडावर्गको भएकाले यसमा भारतलाई जोडेर अपब्याख्या नगर्न पनि उनले आग्रह गरेको खबर अन्नपूर्णले छापेको छ ।
‘अधिकार प्राप्तिका लागि भएको हाम्रो आन्दोलनमा सरकारले पूर्ण बेवास्ता गरेको अवस्थामा छिमेकीले चासो राख्नु अन्याथा होइन’, उनले भनेका छन्, ‘भारतले कतै पनि नाकाबन्दी नगरेको प्रष्ट पारिसकेकाले भारतविरुद्ध भइरहेको टिप्पणी मुर्खतापूर्ण कार्य हो ।’
थारु(मधेस आन्दोलन उत्कर्षमा पुगेका बेला त्यसलाई ढाकछोप गर्न खोजिएको उनले आरोप लगाएका छन् ।


