जनकपुरमा झडप,बाबुराम लखेटिए, कार्यक्रमस्थल जलाइयो
Advertise Here Book Now
२०७२ आस्विन १२ मंगलवार
काठमाडौं : बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रममा झडप भएको छ। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच जलाएका छन्। बाबुरामलाई त्यहाँबाट लखेटिएको छ। कडा सुरक्षा घेरामा बाहिर निकालेर बाबुरामलाई यात्री निवासमा राखिएको छ।
रामचन्द्र झा, रामकुमार शर्मालगायतका नेताहरुलाई धर्मशालाभित्रै थुनिएका छन् र स्थिति अहिले पनि तनावपूर्ण छ। बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम पुरै विथोलिएको छ । बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच सुरुमै भत्काइदिएका थिए र पछि त्यहाँ उनीहरुले आगो लगाए।
प्रभु शाहलगायतलाई पनि मधेसी युवाहरुले पनि कार्यक्रमस्थलबाट लखेटेका छन्। दिउँसो १ बजेदेखि कार्यक्रम राखिएको थियो । बाबुरामको विरोधमा उत्रेका मधेसी युवाहरुले कार्यक्रम स्थलमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले बाबुरामलाई बोल्न दिनु हुँदैन भन्दै उनलाई फिर्ता पठाउन माग गरिरहेका छन् बाबुरामलाई रोक्न मधेसी युवाहरुले विमानस्थलमा विहानैदेखि प्रदर्शन गरेका थिए। विमानस्थलबाट कडा सुरक्षा घेरामा उनलाई निकालिएको थियो।


