भाषण गर्ने आलमलाई कुटपिट, महिलाहरु सडक तताउंदै
Advertise Here Book Now
लहान , २१ भाद्र । लहानमा भाषण गरेको ३ घण्टापछि सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार एवं मुस्लिम स्वायत्त राष्ट्रपरिषद्का केन्द्रीय संयोजक महमुद आलमलाई सशस्त्र प्रहरीले राती साढे १० बजेतीर कुटपिट गरी घाईते तुल्याएको छ । घाईते आलमलाई पक्राउ गरी रातभरी प्रहरीमा राखिएको थियो भने आज उपचारको लागि लहान अस्पतालमा रहेका छन् ।
कोणसभामा कडा भाषण दिने महमुद आलमलाई राती साढे १० बजेतीर सशस्त्र प्रहरीका एक टोलीले कुटपिट गरी पक्राउ गरेका छन् । आलमको निधारमा करिब ७ वटा टांका लागेको एक स्रोतले जनाइएको छ । आलमपक्षीय स्रोतले सशस्त्र प्रहरीसंग कुरा गर्दा ‘जय मधेश’ भनेर आउंन खोज्दा प्रहरीले कुटपिट गरेको बताइएको छ ।
मधेश आन्दोलन तेस्रोमा ग्रामिण भेग जनता र महिलाहरु समेत सडकमा आउंन थालेका छन् । सिरहाको ग्रामिण भेग सुखिपुरमा आज एक दर्जन संघ संस्था तथा सरकारी कार्यालयहरुमा ‘मधेश सरकार’ लेख्दै जुलुस प्रदर्शन गरेको फोरम नेपालका सिरहा जिल्ला सदस्य सुरेन्द्र यादवले बताए । गाढामा स्थानीयहरुले सडक अबरुद्ध गरी टायर बालेर विरुद्ध प्रदर्शन गरेको छ भने ठाडी, माडर, वरियारपटटी, कल्याणपुरलगायतको ग्रामिणक्षेत्रमा समेत मधेश र मधेशीको अधिकारको लागि प्रदर्शन भइरहेको छ ।
भाद्र १९ गते लहानमा महिला अधिकार र महिलाको पहिचानसहितको संविधान जारी गर्न माग गर्दै मधेश आन्दोलन तेस्रोमा उल्लेखनीय संख्यामा महिलाहरु सहभागी भई प्रदर्शन गरेका छन् । प्रदर्शन लगतै कोणसभा अधिकारकर्मी रेणु कर्णका सभाध्यक्षता र कृष्णबहादुर यादवका प्रमुख अतिथीमा सम्पन्न भएको थियो । सो सभामा बडही समाजका राजदेव ठाकुर, फोरम नेपालकी निर्मला यादव, अधिकारकर्मी राजकुमारी दास, रामकुमारी पासमान, ऐलिया सिंह, कंचन मिश्रा, अनुपमा झा, विकास यादवलगायतका वक्ताले मधेश र मधेशीको अधिकार नदिएसम्म आन्दोलन जारी राख्ने बताएका थिए ।
त्यसैगरी, भाद्र २० गते लहानको कोणसभामा मुस्लिम अगुवा तथा सद्भावना पार्टीका महमुद आलम, एमालेका सत्यनारायण यादव, जीवछ यादव, प्रमेश्वर कामत, कासिम अन्सारी, फोरम नेपालका रामचरित्र महतोलगायतले मन्तव्य राखेका थिए ।
उता, सडक अवरोधको लागि आन्दोलनकारीले राखिएको ट्रायक्टरको टली लहान प्रहरीले हटाइएको छ । टली हटाउंन जिसिबीको प्रयोग गरी स्कर्टीगं गर्ने तयारीमा रहेको आन्दोनकारी धनेश्वर यादवले बताए ।
यता, मिर्चैया सहकर्मी मुकेश यादवका अनुसार सिरहाको मिर्चैयामा अवस्थित रहेको टाईम्स स्कुलमा आज विहान करिब ८ बतेतीर ४०० जनाको समूहमा आएका बन्दकर्ताहरुले स्कुल परिशर भित्रमा पसेर तोडफोड गर्ने प्रयास गरिएको थियो । बन्दको अवज्ञा गरेर स्कुल संचालन गरेको भन्दै बन्दकर्ताहरुले तोडफोड गर्ने प्रयास गरेका थिए । अहिले जायज मांग र हकअधिकारको लागि मधेशमा आन्दोलन भइरहेका बेला योग्य र जिम्मेवार व्यक्तिहरुले नै बन्दको अवज्ञा गरिरहेको भन्दै बन्दकर्ताहरुले आक्रोस पोखेका थिए । गत साउन ३० गतेदेखि आफुहरु निरन्तर आन्दोलनमा रहे पनि सरकारले मधेशी जनताको मागलाई सम्बोधन गर्नुको सट्टा तानाशाह प्रवृति देखाई मधेशी जनताको अपमान गरेको भन्दै आन्दोलन लाई अझै प्रभावकारी बनाउने कुरा भईरहेकै बेला टाईम्स स्कुलले यस आन्दोलनलाई प्रभावकारी बनाउनुको सट्टा बन्दको अवज्ञा गरेर विगत ६ दिनदेखि सादा पोसाखमा स्कुल संचालन गर्दै आएको आरोप बन्दकर्ताहरुले लगाएका छन् ।
आफुहरुले थालेको आन्दोलनमा छिमेकी मुलुक भारत लगायत अन्य अन्तराष्ट्रिय समुदायको समर्थन र सहानुभुति रहेको उल्लेख गर्दै उनले भने यस आन्दोलनमा हामी सबैको एकजुट सहभागिता भएर आन्दोलनलाई अझै उचाई सम्म पुयाउनुपरयो । बन्दकर्ताहरुले टाईम्स स्कुलको प्रधानाध्यापक माथि हातपात समेत गर्ने प्रयास गरेका थिए । तर, आफुले गल्ती गरेको स्विकार गरेर विधार्थीहरुलाई छुट्टी दिई स्कुलबाट धमाधम निकालेर अब आफुहरु पनि यस आन्दोलनलाई सर्मथन गर्छौ भनेपछि स्थिित सामान्य रहियो । र बन्दकर्ताहरु मधेशी एकता जिन्दावाद, स्यायत मधेश एक प्रदेश, शहिद मधेशी अमर रहोस, हत्यारा गृही मन्त्री राजिनामा देऊ लगायतका विभिन्न नाराहरु लगाउदै स्कुल परिशरबाट फर्केर मिर्चैया नगरको विभिन्न भागमा विरोध प्रर्दशन गरेको जनाईएको छ ।