शहिद शत्रुधन पटेलको शवयात्रामा मानव सागर ओर्लियो , मधेसी मोर्चाका प्रभावशाली नेताहरुको सहभागिता
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------


वीरगंज,असोज ६

जारी मधेस आन्दोलनको क्रममा असोज ३ गते वीरगंजमा भएको प्रहरी र आन्दोनलनकारी बिचको झडपमा प्रहरीको गोली लागि मुत्यु भएका शत्रुधन राउत कुर्मीको दाहसंस्कारमा आज मानव सागर ओर्लिको थियो । पर्सा जिल्ला गाबिस पकहामैनपुर वडा नं.४ २८ बर्षिय कुर्मीको हिन्दू रितीरिवाज अनुसार वहाकै  जन्मथलो पकहामै अन्त्येष्टि गरिएको थियो । नारायणी उपक्षेत्रि अस्पताल वीरगंजबाट निकालिएको शव यात्रा घण्टाघर हुदै पावर हाउस चौक, ड्राईपोर्ट चौक,तिलावे पुल,अमरपटी हुदै पकहामा पुगेको थियो ।शव यात्रा शुरु हुनुभन्दा अगाडी शहिद पटेलको पार्थिव शरीरमा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा लगायत संघिय समावेसी मधेसी मोर्चा एवं संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले फुलमाला लगाई श्रद्धान्जली अर्पण गरेका थिए । स्थानिय बासिन्दाहरुको आग्रहमा गाबिसको मुख्य चौकमै अन्त्येष्टि गर्नुको साथै चौकमै वीर शहिद कुर्मीको शालिक निर्माण गर्ने स्थानिय गाँउले एवं मधेसी मोर्चाका नेताहरुले प्रतिवद्धता जनाएका थिए । शव यात्रा एवं दाहसंस्कार कार्यक्रममा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष एव पुर्व मन्त्री अनिल झा ,  संघिय समाजवेसी मधेसी मोर्चाका नेताहरु क्रमश राजकुमार यादव,राजेशमान सिंह,शिव पटेल,छोटेलाल यादव, शशिकपुर मियाँ, महाराज यादव,मस्तकिम अंसारी , शिपु तिवारी, नन्दन यादव,प्रेमबाबु पटेल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सभासदद्वव लालबाबु राउत गद्दी, रमेश कुर्मी,पुरुषोतम झा,श्रीराम गीरी,निजामुदिन समानी,प्रदिप यादव, ईम्दाद गद्दी ,बिरेन्द्र यादव, छिमेकी राष्ट्र भारत बिहार भेलाहीका मुखिया भुवन पटेल ,स्थानिय ग्रामिण भेगका बिभिन्न पार्टीमा आवद्ध सयौ नेता एवं हजारौ स्थानिय बासीहरुको सहभागिता रहेको थियो । मधेसी मोर्चाका अगुवा नेता एवं दाहसँस्कारमा सहभागि सम्पुर्ण मधेसीहरुले श्रद्धान्जली व्यक्त गर्दै फुलमाला वीर शहिद प्रति अर्पण गरेका थिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्