हामी बिहारी होइनौँ : महन्थ ठाकुर
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------
आश्विन ७, २०७२- आन्दोलनरत मधेसी मोर्चा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी बिहारी वा भारतीय नभएको बताएका छन् । उनले नेपालमा मधेसीलाई बिहारी र भारतीय भनेर व्यवहार गरेको आरोप लगाउँदै भने, ‘हामीलाई देश भित्र पनि बिहारी वा भारतीय भनेर गैर नागरिकको व्यवहार हुन्छ । देश बाहिर पनि बिदेशी भनेर व्यवहार गरिन्छ ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजविराजमा बुधवार समपन्न बैठकमा सहभागी भई बिहारको बाटो हुँदै जोगवनी नाकाबाट उपाध्यक्ष हृदयेश त्रिपाठीसँगै बिहिवार विराटनगर आएका ठाकुरले सिमानाकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल सरकारले मधेसलाई अहिले कारागार बनाएको आरोप लगाए । ‘मधेसका जनता न त अहिले घरमा सुरक्षित छन् न त सडकमै,’ उनले भने, ‘प्रहरीले दमन गरेर मधेसलाई कारागारको रुपमा परिणत गरिदिएका छन् ।’ मधेसमा जनता अहिले राज्यको दमनबाट प्रताडित भइरहेको आरोप लगाउँदै ठाकुरले आन्दोलन अझ सशक्त रुपमा अघि बढ्ने बताए ।
‘अब कुनै उधारो सहमति हुँदैन् । लिखित पनि मान्दैनाैँ,’ उनले भने, ‘जे सहमति गर्नु छ प्रक्रिया सुरु गरेर, कार्यान्वयन गरोस ।’ कोण सभामा तमलोपाका उपाध्यक्ष हृदयशे त्रिपाठीले आन्दोलन निर्णायक र अन्तिम चरणमा पुगेको बताउँदै आगामी असोज १४ गते झापादेखी कञ्चनपुरसम्मको हुलाकी राजमार्गमा १० लाख मधेसीलाई मानव साङलो बनाएर उतार्ने बताए । मधेस आन्दोलन प्रति विदेशी राष्ट्रहरूको पनि समर्थन रहेको बताउँदै त्रिपाठीले भने, ‘अहिलेसम्म देश त हाम्रो थियो, तर राज्य हाम्रो थिएन् । अब देश पनि हाम्रो हुन्छ । राज्य पनि हाम्रै हुन्छ । स्रोत;ईकान्तिपुर 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्