मधेशी सेना भएको भए टाउको र छातीलाई निसाना बनाएर गोली हान्ने थिएन् ः मातृका
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------
सरोज कुमार पासमान , सिरहा असोज ८ -
मधेशी संघर्ष समिति सिरहाले जिल्लाको विभिन्न स्थानहरुमा विगत एक महिना देखि मधेशको अधिकारका लागि आन्दोलनका विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।यसै क्रममा बिहिबार सिरहाको माडरमा मधेशी संघर्ष समितिले आम सभा गरेको छ । स्थानिय चन्दर यादवको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा माओवादीका राष्ट्रिय अध्यक्ष तथा पुर्व वन मन्त्री मातृका यादवले भने,‘मधेश अहिले जलि रहेको छ । मधेश बरबाद भैरहे छ । सेनाहरु मधेशीको टाउको र छातीमा गोली मारि रहेको छ । तर किन चुप छ सरकार ? किन की मधेशीलाई वर्षौ देखि अधिकारबाट वञ्चित गरेको छ । वञ्चित गरेको अधिकार अब छिनेर लिन्छ कि भन्ने डर भएकाले सरकार आन्दोलनलाई दबाउनको लागि सेना परिचालन देखि विभिन्न किसिमका डर,त्रास मधेशीलाई दिदै आएको छ । ताकि मधेश आन्दोलन बन्द हुन्छ र हामी फेरी सयौं वर्ष मधेशमाथी हुकुम चलाउछौं ।’
अब त्यो समय रहेन मधेशबाट हामी पहाडी शासकलाई लखेटेर भगाउछौं । मधेशमा पुर्णरुपले बसाई सराई पनि नियन्त्रण गर्छौ । युवाहरु तर्फ इसारा गर्दै अब लडाई बाहेक कुनै विकल्प छैन् । हामी लडाई गरेर आफ्नो अधिकार लिन्छौ । किन कि यहाँ अधिकार माग्दा गाली खानुपरेको छ । विखण्डनकारीको आरोप लागेको छ । त्यस कारण मधेशी सेना तैयारी गरेर जवाफ दिनुपर्ने उनले थपे ।कार्यक्रममा पुर्व संविधान सभा सदस्य जगत यादव, पुर्व प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिक्षण यादव, नेपाल अभिभावक संग सिरहाका अध्यक्ष तथा समाजसेवी धिरेन्द्र साह, अपन दैनिकका प्रधान सम्पादक अनिरुद्र ठाकुर, संघर्ष समितिका अध्यक्ष रामाशिष यादव, प्रोफेसर चन्देश्वर यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष किशोरी यादव, डा.नविन यादव, गोपाल ठाकुर, शोभा झा लगायतका व्यक्तिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
२०३६ सालको आन्दोलनमा माडरको यो धर्तीमा तीन जना बिरहरुले बलिदानी दिएको छ । तर बिरहरुको बलिदानीको अहिले कुनै कदर नभएका कारण अहिले तेस्रो मधेश आन्दोलन कमजोर भएको अध्यक्ष धिरेन्द्र साहले कार्यक्रममा बोल्दै भने,‘सहिदहरुको कदर नभएकै कारण अहिले युवाहरु अधिकारको लागि अगाडी बढ्न चाहेको छैन् । यदि सहिदको कदरभएको भए यस आन्दोलनको स्वरुप अर्कै हुन्थ्यो । त्यस कारण अहिले पनि सहिदलाई मन र मष्तिकसमा जीवित राख्नको लागि माडरमा स्मारक बनाउनुपर्ने र त्यसका लागि चाहिने जमिन आफुले निःशुल्क दिने घोषना गरे । उनले भने, विगतमा मधेशवादी पार्टीलाई मधेशी जनताले मौका नदिएको होईन तर व्यक्तिगत स्वार्थ र मन्त्री मण्डलका कारणले मधेशीको जायज माग सम्बोधन हुनसकेन फल स्वरुप अर्को संविधान सभाको निर्वाचन गर्नुप¥यो । मधेशीको अधिकारका लागि आफुल।े जहिले पनि लड्न र भिड्न तैयार भएकाले मधेशीको अधिकार दिलाउनको लागि यो समितिको आन्दोलन जारी रह्ने साहले बताए ।
भरखर घोषना गरिएको संविधान केहि व्यक्तिको मात्र भएको र यो संविधान मधेश बिरोधी रहेकोले आफू एमाओवादीको अध्यक्ष प्रचण्डलाई पार्टीबाट राजीनामा दिएको र मधेश आन्दोलनमा थप बल दिनको लागि मधेशको विभिन्न स्थानहरुमा अहिले छलफल र संगठन बनाई रहेको पुर्व प्रधानमन्त्रीका प्रेस सल्लाकार रामरिक्षण यादवले जानकारी दिए । मधेशी जनताले सबै भन्दा ठूलो गल्ती निर्वाचनको समयमा गरेकाले आज यो समस्या खडा भएको छ ।
मधेशवादी पार्टीलाई र सहि नेतृत्वलाई आफ्नो मत नदिएका कारण आज अधिकार लिन कठिनाई भएको डा.नविन यादवले बताए । मधेशीको अधिकार दिनबाट सरकार पछि हटे टिकापुरको घटना सिरहामा दोहरिन ढिलो नहुने र वर्तमान सरकारलाई घुँडा टेकेर एक मधेश प्रदेश दिनुपर्ने ठोकुवा गरे । साथै मधेश बिरोधी रहेका कुनै पनि नेतालाई आफुले नछोड्ने मधेशीको जायज माग सम्बोधन गराएरै छोड्ने डा.यादवले मंचबाट जानकारी दिए । अहिलेको अवस्थामा मधेशी सेनाको आवश्यकता रहेको छ । शासकवर्गले मधेशी जनताको छाती र टाउकोमा निसाना बनाएर गाली मार्ने गरेकाले त्यसको जवाफ दिनका लागि अहिले मधेशी सेनाको आवश्यक रहेको पुर्व सभासद जगत यादवले कायक्रममा भने,‘अब अधिकार मागेर होईन छिनेर लिनुपर्छ ।’ यो अवस्था पनि शासक वर्गले सृजना गरेको उनले बताए ।त्यस्तै कार्यक्रममा पुर्व सभासद गोपाल ठाकुरले भने,‘मधेश आफैमा एउटा देश भएकोले यसको संरक्षणका लागि सबै मधेशी एक हुनु बाहेक अर्को विकल्प छैन्’ त्यस कारण जुनपार्टीमा भएपनि मधेशीको अधिकारको सवालमा सबैलाई एक हुन ठाकुरले आग्रह गर्नुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्