मधेस बन्द फिर्ता
Advertise Here Book Now
-----------------------------------------------------------------------------------------
बर्दिया, असोज ८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एक महिनाभन्दा लामो समयदेखि गर्दै आएको जिल्ला बन्द आह्वान शुक्रबारका लागि फिर्ता लिएको छ ।
मोर्चाले मुस्लिम समुदायको चाड बकर ईद मनाउन सर्वसाधारणलाई सहज होस् भन्नका लागि एक दिन बन्द फिर्ता लिएको जनाएको छ ।मोर्चाले बिहीबार बर्दियामा
पत्रकार सम्मेलन गरी शुक्रबार यातायात तथा बजार सुचारु हुन दिने निर्णय गरेको हो । पत्रकार सम्मेलनमा मोर्चाका नेताहरुले आइतबारदेखि अहिंसात्मक आन्दोलन स्वरुप सरकारी कार्यालय, वित्तिय संस्था, भन्सार नाका बन्द गराउने चेतावनी दिएका छन् ।
मेची–महाकाली हुलाकी राजमार्गमा मानव शृङ्खला निर्माण गरी हातेमालो कार्यक्रम गरिने मोर्चाले जनाएको छ ।


