जलेश्वरमा प्रहरीको गोली लागि थप एक जनाको मृत्यु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम विरेन्द्र विक्षा
२५ भदौ ।जलेश्वरमा प्रहरीको गोली लागि घाइते भएका पिगौनाका विरेन्द्र विच्छेलाई अस्पतालले आज मृत घोषणा गरेको छ । आज दिउँसो १०ः३० बजे उनलाई काठमाडौंस्थित थापाथलीमा रहेको र्नोभिक अस्पतालले मृत घोषणा गरेको हो ।
अस्पताल श्रोतका अनुसार विच्छेको अस्ति नै मृत्यु भईसकेको थियो तर सुरक्षा निकायको दबाब कारण घोषणा गरिएको थिएन ।
अस्पतालमा कार्यरत एक डाक्टरले हुलाकी न्यूजलाई दिएको जनकारी अनुसार बुधबार अबेर राति नै विच्छेको मृत्यु भएको थियो ।
तर दबाबका कारण अस्पतालले आज मात्र मृत घोषणा गर्दै प्रमाण पत्र उपलब्ध गराएको छ ।
ब्रेनमा गोली लागि ३५ वर्षी विच्छेको मृत्यु भएको प्रमाण पत्रमा उल्लेख गरिएको छ ।
यस संगै जलेश्वरमा २३ गते प्रहरीकाे गाेली लागि मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ । यस अघि नै जलेश्वरको महेन्द्र चौकमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा तीन जनाकाे मृत्यु भएकाे थियाे । मृत्यु हुनेहरुमा जलेश्वर–७ का रोहन चौधरी, १४ का मुस्वा भनिने अमित कापर र ५ का रामविवेक यादव रहेका छन् ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्