थप २६ शहर नगरपालिका घोषित, नगरपालिकाको संख्या २१७ पुग्यो
Advertise Here Book Now
काठमाडौं : सरकारले थप २६ वटा शहरलाई नगरपालिका घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले २६ वटा शहरलाई नगरपालिकाका लागि स्वीकृति दिएको हो। यो सँगै नगरपालिकाको संख्या २ सय १७ वटा पुगेको छ। यसअघि १ सय ९१ वटा शहर नगरपालिका घोषित थिए। सरकारले गएको मंसिर १६ गते ६१ वटा नगरपालिका घोषणा गरेको थियो। सिरहाको धनगडी र शुखिपुरलाई नगरपालिका घोसना गरेको छ।

