मधेसी दलहरु बुधबारदेखि वार्ताको टेबुलमा बस्ने
Advertise Here Book Now

असोज १२, काठमाडौं । मधेशबादी दलहरु मंगलबार दिनभरको आन्तरिक छलफल र गृहकार्यपछी मधेशबादी दलहरु बुधबारदेखि वार्ताको टेबुलमा बस्ने भएका छन् ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरलगायतसँग भेट गरेका छन् । उनले सरकारसँगको वार्ताको तयारी र रणनीतबारे छलफल भेटमा छलफल गरेका छन् ।
वार्ताको तयारी तथा एजेन्डाबारे छलफल गर्न आज अपरान्ह मधेस केन्द्रित दलहरुको बैठक सिंहदरबारमा बस्दैछ । यसको निर्णयका आधारमा बुधबारदेखि वार्तामा बस्ने गच्छदारले जानकारी दिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्