नेता सोनल र सिहं अविलम्व रिह गर्न वीरगन्ज मोर्चाको माग
Advertise Here Book Now




वीरगन्ज ३० भदौ बारा प्रहरी नियन्त्रणमा रहेको मोर्चाका नेता एव तमलोपाका महामन्त्री जितेन्द्र सोनल सहितको व्यक्तिलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बारा र पर्साले विना शर्त रिहाईको माग गरेको छ । संयुक्त मोर्चाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण मोटरसाईकल जुलुसमा प्रहरीले आतंककारी शैलीमा मोर्चामाथि लाठी चार्ज सहित धरपडक गरेको आरोप लगाएको छ ।
        हिजो २९ गते संयुक्त मोर्चाले निकालेको मोटरसाईकल ¥यालीमा बाराको नितनपुर चोकमा प्रहरीले आन्दोलनकारीलाई अमानवीय जस्तो अनाधुन लाठी प्रहार गरी करिब १ दर्जन भन्दा बढी मोर्चाका कार्यकर्ताहरु कुटपिट गरी घाईते उनीहिरुलाई पक्राउ गरेको जनाएको छ । ¥यालीका नेतृत्व गरेका तमलोपाका महासचिव जितेन्द्र सोनल र तमलोपाकै बारा जिल्ला अध्यक्ष नवलकिशोर सिंहलाई अमानविय व्यवहार गरि नितनपुर चौकबाट पक्राउ गरेको घटनाप्रति मोर्चाको गम्भिर ध्यानआकर्षण भएको र उनीहरुलाई विना शर्त रिहाईको माग गरिएको छ ।
        गैरकानुनी तरीकाबाट शान्तिपुर्ण जुलुसबाट पक्राउ गरी नेता सोनल  र सिंहलाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको मोर्चाले जनाएको छ । प्रहरीको गैरकानुनी र कायरतापुर्ण कदमको घोर निन्दा गर्दै पक्राउ परेका  नेताहरुलाई बिना शर्त अबिलम्ब रिहा नगरे आन्दोलनलाई थप सशक्त बनाउने मोर्चाले विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ । नया संविधानमा आफना समाहित गराउन भइरहेको आन्दोलनमा प्रहरी चरम दमन गरिरहेको र राज्य यसप्रकारको आतककारी एवंम अत्याचारी रवैया गर्दापनि आन्दोलन दिनप्रतिदिन चरम उत्कर्षमा पुगिरहेको मोर्चाको ठहर छ ।
        चरम उत्कर्षमा पुगिरहेको आन्दोलनलाई दबाउन राज्यले गैरकानुनी रुपमा नेताकार्यकर्तालाई धरपकड गरी थुनामा राख्ने, गोली हान्ने कार्य गरीरहेको मोर्चाका जनपरिचालन संयोजक एव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनु भयो । राज्यको चरम दमनबाट विच्चलीत नभई मुतmीकामी जनताको व्यापक सहभागितामा जारी आन्दोलनलाई अझ उचाइमा पु¥याउन बारा, पर्सालाई आहवान समेत गरेको मोर्चाको जनपरिचालन समितिका संयोजक यादवले बताउनु भयो ।



वीरगन्जमा भएका शहीदहरुको असोज २ गते श्रद्धान्जली सभा गर्ने निर्णय



वीरगन्ज ३० भदौ  संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज सम्पन्न बैठकले असोज २ गते श्रद्धान्जली सभा गर्ने निर्णय गरेको छ । तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रेमचन्द्र कुशवाहाको अध्यक्षतामा रानीघाट उनको निवासमा सम्पन्न भएको बैठकले मधेश आन्दोलनबाट सहादत प्राप्त मधेशी शहीदहरुको असोज २ गते श्रद्धान्जली सभा गर्ने निर्णय गरेको हो । बैठकमा सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, फोरम नेपालका केन्द्रिय सदस्य बालकिशोर यादव, तमलोपाका जिल्ला अध्यक्ष पुरुषौत्तम झा, सदभावनाका जिल्ला अध्यक्ष ईमादाद गदी, फोरम नेपाल पर्साका उपाध्यक्ष मंसुर अंसारी, सचिव नागेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्