फूलकाहाकट्टी गा.वि.स.खुल्ला दिसा मुक्त क्षेत्र तर्फ उन्मुख हुदै '
Advertise Here Book Now

राम उदगार यादब
 असोज ११,सिरहा/ मुख्य तः नेपाललाई खुल्ला दिसा मुतm क्षेत्र घोषना गर्नका लागी नेपाल सरकारको निती अनुरुप सन् २०१७ सम्ममा नेपालको प्रत्येक घरधुरीमा शौचालय –चर्पी) निर्माणका लक्ष्य लिएको छ । त्यहि अनुरुप सिरहा जिल्लालाई सन् २०१५ साल भित्रमा खुल्ला दिसा मुतm घौषणा गर्ने लक्ष्य अनुरुप यहाका विभिन्न गा.वि.स.हरुमा सरसफाईको कार्यक्रमलाई जोर तोरका साथ अगाडी बढाएका छन  ।
 जस मध्ये फूलकाहाकट्टी गा.वि.स पनि एक हो । घरघरमा चर्पी फूलकाहाकट्टीको शान फूलकाहाकट्टी गा.वि.स.लाई खुल्ला दिसा मुतm गर्ने हाम्रो अभियान नाराको साथ स्वच्छ सरसफाई समाजको निर्माण गर्ने महा अभियानलाई अगाडी बढाउने उद्धेश्यले यस गा.वि.स.मा सरसफाई अभियानको कार्यक्रमलाई अगाडी बढाउदै लगेको छ । यस अभियानलाई सफल पार्नका लागि व्यवहारिक सोच, संचालन विधी, रणनिती, सुदृढ संस्थागत व्यवस्था, प्रर्याप्त स्रोतसाधनको परिचालन सरोकारवालाहरुको सहकार्य, लगायतको गतिविधी भईरहेको अबस्था छ ।
 स्थानीय स्तरमा गठित गा.वि.स. स्तरीय खानेपानी तथा सरसफाई स्वच्छयता समन्वय समिति ९ख(धबकज(अअ० फूलकाहाकट्टीको सक्रिय आयोजनामा विभिन्न सरसफाई सम्बन्धी कार्यक्रम गर्दै आएको छ । 
     समुदायमा अहिले सरसफाई अभियानलाई चर्चा परिचर्चाको विषय बनेको छ । यस अभियानलाई मूर्त रुप दिनलाई स्थानीय निकायका सरकारी तथा गैर सरकारी निकायहरु जोरतोरका साथ लागि परेको अबस्था छ । स्थानीय स्तरमा गठित फूलकाहकाट्टी गा.वि.स. स्तरीय खानेपानी तथा सरसफाई स्वछच्यता समवन्य समिति विशेष सक्रिय भएका छन् र यस अभियानलाई सक्रिय रुपमा कार्यानवन्य गराउनका समुदायमा सक्रिय सहयोगीको रुपमा उदाहरणीय कामहरु गर्दै छन स्थानीय वडा नागरिक मन्चका सदस्यहरु  । 
   स्थानीय गा.वि.स. स्तरमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम संचालन पश्चात समुदायको अनुहार नै फेरिएको छ । विगतका कुरालाई केलाउदा खेरी गा.वि.स.का सम्पूर्ण कामकाज भईरहदा पनि यस किसिमको कार्यक्रम नभएको अबस्था थियो । बर्तमान अबस्थामा समुदायलाई खुल्ला दिसामुतm बनाउनका लागि स्थानीय स्तरमा गठित वडा नागरिक मन्चका सदस्यहरुले महत्वपूर्ण भुमिका खेलिरहेका छन् । यस गा.वि.स.मा ख्(ध्ब्क्ज्(ऋऋ को आयोजना तथा आर्थिक तथा प्राविधिक नेवा विराटनगरको संयोजनामा यस गा.वि.स.मा खानेपानी तथा सरसफाई आयोजना संचालनमा रहेको छ । यस कार्यक्रम अन्र्तगत समुदायको प्रत्येक घरधुरीमा शौचालय निर्माणको लागि चर्पी सम्बन्धी चेतना मुलक कार्यक्रम गरिदै आएको छ र सो चर्पी निर्माण कामका लागि समुदायमा जनचेतान अभिबृद्धिको लागी वडा नागरिक मन्चका सदस्य र नागरिक सचेतना केन्द्रका सदस्यहरुको उलेखनिय भुमिका रहेको छ । गाविस को अन्य कामकाज जस्तै यस अभियानलाई पनि महत्वका साथ लिएर सक्रिय सहयोग देखाउदै आएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्