मधेशी शहादत दिन तयार भएपछि शासकहरु तर्सिए – प्रदीप यादव
Advertise Here Book Now
वीरगञ्ज, २३ भदौ
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले अधिकार प्राप्तिका लागि मधेशी जनता शहादत दिन तयार भएपछि शासकहरु तर्सिएको बताउनु भएको छ । बाराको छतवा बरैनियामा आज संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको जनजागरणसभामा बोल्दै अध्यक्ष यादवले भन्नु भयो , अधिकारका लागि मधेशी जनता सेनाको गोली छातीमा थाप्न समेत तयार भएर बसेका छन् । अब मधेशी जनता सुतेर बस्दैनन् , मधेश जागी सकेको छ , मधेशी जनताले आफनो अधिकार खोसेरै छाडछन् , उहाँले भन्नु भयो । मधेश जलीरहेका बेला मधेशबाट जितेर गएका काँग्रेस एमालेका सभासदहरु भने काठमाण्डौ र नातेदारको घरमा लुकेर बसेको भन्दै उहाँले यसको हिसाबकिताब मधेशी जनताले लिइ छाडने बताउनु भयो ।
मधेशी जनताले नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमन खेपी सकेपछि सरकार अब दमनका लागि अन्तिम अस्त्रका रुपमा सेनालाइ प्रयोगमा ल्याउन तम्तयार अवस्थामा रहेको भन्दै उहाँले भन्नु भयो , अधिकारका लागि सडकमा उत्रिएका मधेशीसंग तर्सिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी सदरमुकामका क्याम्पहरुमा शरण लिएर बसेका छन भने मधेशीलाइ रोक्न सरकार सेनालाइ प्रयोग गरिरहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीलाइ पराजित गरिसकेको मधेशी जनताले अबको पाँच दिन भित्र सेनालाइ पनि परास्त गर्दै संघर्षलाइ अगाडि बढाउने चेतावनी उहाँले दिनु भयो । सभालाइ तमलोपका केन्द्रिय सदस्य जितेन्द्र सिंह , फोरम नेपालका केन्द्रिय सदस्य करिमा बेगम ,तमलोपाका श्याम गुप्ता , अरुण सिंह, विश्वनाथ ैठा , मधेशी विधार्थी फोरम नेपाल पर्साका अध्यक्ष यशवन्त यादव लगायतकाले पनि सम्बोधन गरेका थिए ।


