अज्ञात समूह द्वारा नापी कार्यालय मा तोड़फोड़
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , १४ भदौ । अज्ञात समूहले सप्तरीको राजविराज ८ स्थित कुनोली रोडमा रहेको १ नम्बर नापी कार्यालयमा तोडफोड गरेको छ । सय जनाको समुहमा आएको ती ब्यक्तिहरुले एक्कसी कार्यालय भित्र परेर २ वटा कुर्सी र एउटा कार्यालयको बोड बहिर निकालेर आगो लगाई जलाईको कार्यालयले जनाएको छ । आगजनीबाट कुसी र बोड पुर्णरुपमा जलेर नष्ठ भएको बताइएको छ । यसैबिच नापी कार्यालयमा आन्दोलनकारीहरुले नै आगो लगाइएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शौलेन्द्र प्रसाद साहले जानकारी दिनुभयो । यता आगो लगाउने र तोडफोड गर्ने समुहको खोजि कार्यालय भइरहेको जिल्ला पहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्मचार्यले बताउनुभयो ।

