लगातार १७ दिन देखिको बन्दले सप्तरीको जनजिवनमा अत्यन्त कष्टकर
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम अरुण यादव राजविराज , १४ भदौ । लगातार १७ दिन देखिको बन्दले सप्तरीको जनजिवनमा अत्यन्त कष्टकर भई निकै प्भाव परेको छ ।जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक संघसंस्था लगायतको सबै ठप्प रहेको बताइएको छ ।बन्दका कारण दैनिक उपभोग्य समाग्रिहरुको अभाव हुनथाल्ेपछि सामानहरुको मूल्य अकाशिएको छ । भने बन्दले ब्यापार बिजनेश समेत बन्द
रहेको ब्यापारीहरु बताउँछन् । यता केही ब्यापारीहरुले बन्दको मोकामा
कालोवजारी गरेर महगोमुल्य लिएर खाद्यान सामग्री बिक्रिबितरण गरिरहेको पाइएको छ । आज १७ औ दिन पनि सप्तरीमा आमहडताल जारी रहेका कारण यातायातका साधन नचल्दा दैनिक उपभोग सामग्री तथा आवश्यक खाद्यान वस्तुको अभाव भएपछि व्यापारीहरु मर्कामा परेपनि उपभोक्ताहरुलाई ब्यपारीले महगो मुल्यलिएर ठगिने गरेको बताइएको छ । बन्दबाट सदरमुकाम राजविराजबाट चल्ने सवारी साधन चल्न दिएका छैन् भने पुर्व पश्चिम राजमार्गको भारदह ,कंचनपुर, रुपनी, कल्यानपुर लगायतको ठाउँमा ढुगा
त्रिसाएर मोर्चाको कार्यकर्ताहरुले सडक अबरुद्ध पारेका छन्।सीमाकनको बिरोधमा उत्रिएका संघीय समाजवादी फोरम नेपाल , सदभावना पार्टी , तराई मधेश लोकतान्त्रि पार्टी लगायतका मधेसबादीदलले अह्वान गरेको अनिश्चित तराई मधेश बन्दको आज १७ औ दिन पनि सप्तरीसहित तरार्इृको जिल्लाहरुमा बन्द जारी राखेकाले ती जिल्लाहरुमा निकै प्रभाव परेको
बताइएको छ ।