नयाँ सरकार चयन पक्रिया शुरु, आउदो अधिवेशन शनिबार आह्वान हुनसक्ने
Advertise Here Book Now

-----------------------------------------------------------------------------------------
काठमाडौं । सरकारले शनिबार अपराह्नसम्ममा व्यवस्थापिका–संसद् अधिवेशन आह्वानको तयारी थालेको छ ।नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६)अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नेछन् ।
प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई आज भेटेर संसद् बैठक आह्वान गर्ने सम्बन्धमा छलफल गरे ।
सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन बोलाउने सन्दर्भमा कानुन मन्त्री र आफूबीच छलफल भएको जानकारी दिँदै सभामुख नेम्बाङले ‘संभवतः यही असोज ९ गते साँझसम्ममा संसद् बैठक आह्वान हुने’ जानकारी दिए ।
संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका–संसद् बैठक आह्वान गर्नुपर्नेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्