अघोषित नाकाबन्दी बारे ९ विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकक भारतले गरेको अघोषित नाकाबन्दी बारे विभिन्न ९ वटा विद्यार्थी संगठनले
प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। बिहीबार बिहान प्रधानमन्त्री
निवास बालुवाटार पुगेका विद्यार्थी संगठनले कुटनीतिक पहल गरी समस्याको
समाधान गर्न र वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका थिए ।
‘अन्तर्राष्ट्रिय मूल्य र मान्यताको खिल्ली उडाउँदै नेपाली जनजीवनलाई
प्रभावित पार्ने गरी भारतले लगाएको अघोषित नाकाबन्दी प्रति हाम्रो गम्भीर
ध्यानाकर्ण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
जवाफमा प्रधानमन्त्री कोइरालाले कुटनीति पहल भैरहेको र जतिसक्दो छिटो संवाद
तथा वार्ताबाटै समाधान खोज्ने बताएका नेविसंघका प्रवक्ता युपी लामिछानेले
जानकारी दिए।
प्रधानमन्त्री कोइरालाले विभिन्न देशका झन्डा जलाउने काम भएको भन्दै
कुटनीतिक मर्यादा विपरितका कार्य नगर्न विद्यार्थी संगठनलाई आग्रह गरे ।
आक्रोस भन्दा पनि संयमता अपनाएर संकटपुर्ण अवस्थाको सामना गर्नुपर्ने
भएकोले त्यसतर्फ सचेत रहन प्रधानमन्त्री कोइरालाले विद्यार्थी संघ
संगठनहरुलाई आग्रह गरेको लामिछानेले जानकारी दिए। भारतले अघोषित नाकाबन्दी
गरेपछि त्यसका विरुद्ध विभिन्न नौ विद्यार्थी संघ संगठनले संयुक्त आन्दोलन
गर्दै आईरहेका छन्।


