सुरक्षाकर्मी केरा चोरीगर्दै
Advertise Here Book Now
ऑनलाइन सिरहाडटकम २३ असोज /सप्तरीको भारदहका किसानहरुले काटेर ल्याई सडक छेउमा राखेका केरा पछिल्लो पन्ध्र दिनदेखि चोरी भईरहेको थियो । तर, रातीको समयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि कसले चोरी गरेको भन्ने विषयको एकिन हुन सकेको थिएन् ।
शुक्रवार बिहान ४ बजेको समयमा आफ्नो केरा हेर्न राजमार्ग पुगेका भारदहका महेन्द्र मेहताले सशस्त्र प्रहरीलाई आफ्नो गाडी (टूक)मा केराको घरी लोड गर्दै समाते । यता विगत एक महिना भन्दा बढी दिनदेखी राजमार्ग क्षेत्रमा साँझ ६ बजेदखी बिहान ६ बजेसम्म निषेधाज्ञा जारि हुदै आएको छ ।
सुरक्षा प्रदान गर्ने निकाय नै चोरी गर्दै फेला परेकोमा त्यहा किसानहरु आश्चर्यचकित छन् । सशस्त्र प्रहरीले केरा चोरी गरेको भनि स्थानीय कृषकहरुले भारदहस्थित ईलाका प्रहरी कार्यालयलाई शुक्रवार जानकारी गराएका छन् । तर, ईप्रकाका प्रमुख सई सुरेन्द्र खेरवारले आफूसमक्ष कसैले चोरीको विषयमा जाहेरी दिन नआएको बताउनुभयो ।