सिरहाका गरिब तथा विपन्न लाई राहत वितरण, आन्दोलन उत्कर्ष प्राप्त गर्दै (फोटो फिचर)
Advertise Here Book Now

सिरहा, २३ असोज । दुई महिना देखि निरन्तरको आन्दोलन एवं बन्दले प्रभावित गरीब एवं अतिविपन्न सिरहाको लहान र मिरचैयाका १८ सय भन्दा बढी घरपरिवाका व्यक्तिहरुलाई खाद्यान्न संकलन गरी वितरण गरेका छन् । विगत लामो समय देखि मधेशमा जारी आन्दोलनले गरिब तथा विपन्न परिवारलाई जिवन यापन गर्न कठिन भए पछि जनकपुरमा केही सामाजिक अगुवा हरुको नेतृत्वमा खाद्यान्न संकलन तथा वितरण अभियान समिति, जनकपुरले मधेशका जिम्माहरुमा रहेका विपन्न परिवारलाई खाद्यान्न सकंलन गरी राहत वितरण गरी रहेको समितिका सदस्य युवा सक्रिया पत्रकार शैलेन्द्र क्रान्तीले जानकारी दिए । उनले भने, खाद्यान्न संकलन गतथा वितरण अभियान समितिले शुक्रबार सिरहामाको विपन्न वस्तीमा पुगेर खाद्यान्न वितरण गरेको छ । समितिका अध्यक्ष डा.सुरेन्दं यादव लगायत हाम्रो सम्पूर्ण टोली सिरहाको लहान र मिरचौया पुगेका थियौ । साथै स्थानीय युवा बुद्धिजिवीहरुले समेत राहत वितरण कार्यमा सघाएका थिए । उनले भने, लामोबन्दको कारण दैनिक ज्याला मजदुरी गरी गुजारा गर्ने घरपरिवारहरुको अवस्थ झनै कष्टकर र भोकभोकै बस्नु पर्ने अवस्था सृजना भएको भन्दै अधिकारको लडाईमा उहाँको पनि ठुलो योगदान रहेको बताँउदै उहाँलाई भोक भोकै बस्नु नपरोस भनेर हामीले राहत वितरण गरेका हौं । पत्रकार क्रान्तील्े भने, यस्तो संकटपूर्ण अवस्थामा अति प्रभावित स्थान गाउँ ,सहर, टोलसबै ठाउँहरुमा यस्तो अभियान चलाएर मानवीवय दायित्व पुरा गर्न सम्पूर्ण यूवा वुद्धिजिवी समाजसेवीमा सबैमा हार्दिक अपिल गर्दछौं । 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्