मधेस आन्दोलन थप कडा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कार्तिक ८ / दशैको अवसर पारेर आन्दोलनलाई केही नरम बनाएका संयुक्त
लोकतान्त्रिक मधेशी मोर्चासहितका आन्दोलनरत पक्षहरुले दशै सकिए लगतै
आन्दोलनलाई अझ सशक्त बनाएका छन ।विजया दशमी सम्पन्न भए लगत्तै प्रदर्शनकारीहरुले विभिन्न नाका र मुख्य राजमार्ग अवरुद्ध कार्यक्रमलाई थप कडा बनाएका छन् ।
७२ दिनदेखि जारी अधिकार प्राप्तिको लागि मधेश आन्दोलनलाई राज्यपक्ष गम्भीर नदेखिएपछि आन्दोलनकारीहरु कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
राजमार्ग अवरुद्ध कार्यक्रमलाई सशक्त बनाउने क्रममा शुक्रवार राति पूर्व पश्चिम राजमार्गको धनुषा खण्ड ढल्केवरमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्कटिङ्ग गरी गाडीहरु गन्तव्यतर्फ लैजाने प्रयास गरेपछि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको थियो ।
झडपको क्रममा प्रहरीले २९ राउण्ड गोली चालउनुको साथै लाठी चार्ज समेत गरेको प्रहरीले बताएको छ । प्रहरीको गोली लागि १२ जना घाइते भएका छन् । तीन जना बढी घाइते छन् ।
यता स्थानीयवासीहरुका अनुसार ढल्केवरमा एक सय भन्दा बढी गोली फायर र दुई दर्जन भन्दा बढी अश्रुग्यास प्रहरीले प्रहार गरेको जनाइएको छ ।
प्रहरी दमन पछि उग्र भएका आन्दोलनकारीले दुई वटा गाडीमा आगजनी गर्नुका साथै दर्जनौ गाडीलाई तोडफोड गरेका थिए ।विहानैदेखि आक्रोशित आन्दोलनकारीहरुले पूर्व पश्चिम तथा जनकपुर ढल्केवर राजमार्ग अवरुद्ध गरी पूर्णरुपमा ठप्प पारेको छ । यसैबीच आन्दोलनकारीहरुले भारतवाट पेट्रोलिम पदार्थ ओसार पोसार गर्नेहरुबाट शनिवार सयौ लिटर डिजेल र पेट्रोल नियन्त्रणमा लिएर नष्ट गरेका छन ।
ढल्केवरतर्फ डिजेल लैजादै गरेको अवस्थामा तारापट्टी, लक्ष्मिनिया, धनौजीमा स्थानीयवासीहरुले नियन्त्रणमा लिएर एक हजार भन्दा बढी डिजेल र पेट्रोल नष्ट गरेका छन । त्यस्तै शहीद नगर ९यदुकोहा०मा मधेश युवा संघर्ष समितिले डेढ सय लिटर पेट्रोल नियन्त्रणमा लिएर नष्ट गरेका छन ।
यता मधेश जनआन्दोलन संघर्ष समिति धनुषाका महाशंकर ठाकुरले दिएको जानकारी अनुसार तीन सय भन्दा बढी डिजल र एक सय लिटर पेट्रोल नियन्त्रणमा लिई आन्दोलन समाप्त नहुञ्जेलसम्म नियन्त्रणमै राख्ने गरी कब्जामा लिएका छन् ।
साथै केही व्यक्तिहरुले बर्दिबास हुदैँ राजधानी काठमाण्डौँ लाने गरेको रहस्य खुलासा भएपछि मधेशी मोर्चा लगायतका आन्दोलनकारीहरुले पेट्रोल र डिजलप्रति निगरानी बढाएका छन् ।

