बन्दको अवज्ञा गर्दा विवाद, कांग्रेसका अरुण केसीको घर घेराउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, ८ कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै लहान ६ राधाकृष्ण चौक (पूराना बकरी बजार) मा विहान साढे ११ बजेतीर आन्दोलनकारीले मोटरसाईकल रोक्दा विवाद भएको छ । मोटरसाईकलमा लहान उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल महतो र नेपाली कांग्रेसका अरुण केसी सवार थिए । उनीहरुले जर्बजस्ती मोटरसाईकल चलाउंन खोज्दा आन्दोलनकारीले रोकेका थिए त्यतिकैमा अरुण केसीका भतिजद्धय अमन पोखरेल र आकाश पोखरेलले आन्दोलनकारीमाथी हातपात गरेपछि तनाव बढेको थियो । संघका अध्यक्षले प्रहरीमा फोन गर्दा केही छिनमा आएका सशस्त्र प्रहरीले आन्दोलनकारीलाई कुटपिट गरि ताहिर मियांलाई गहिरो चोट पुरयाएको छ ।
रक्तामय ताहिरलाई स्थानीय मेडिकलमा उपचार भइरहेको छ । ताहिरले‘ प्रहरी आउंने वितिकै हेलमेटले मेरो टाउंकोमा हिर्कायो ।’ ‘हामीलाई कुटपिट गर्ने अरुण केसीका भतिजाहरुलाई संरक्षण गरियो ।’ यस्तै आन्दोलनकारीहरु सुजित साह, राकेश गुप्तालगायत आधा दर्जन जतिलाई चोटपटक लागेको सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार एवं मुस्लिम स्वायत्त परिषद्का केन्द्रीय अध्यक्ष महमुद आलमले बताए । विवादपछि स्थानीय मुस्लिम समुदाय र मधेशीहरुले लहान ६ स्थित रहेको अरुण केसीको घर घेराउ गरी अमन पोखरेल र आकाश पोखरेललाई खोज्दै नाराबाजी गरेका थिए । उता, प्रहरीलाई फोन गरेपछि लगतै आएका प्रहरीले आन्दोलनकारीलाई तितरवितर गरेको छ भने अहिले अवस्था शान्तिमय रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्