लहानमा तनाव, दूई मोटरसाईकलमा आगजनी र ११ प्रहरी नियन्त्रणमा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान,
८ कात्तिक । बन्दको अवज्ञा गरेको भन्दै लहानको अस्पताल चौकतीर आज विहान
दूई वटा मोटरसाईकलमा आगजनी गरेको छ । यता, सडक अबरोध गर्ने क्रममा लहानको
आन्दोलन चौकबाट एमालेका सत्यानारायण यादव र तमलोपाका रोशन यादवलाई प्रहरीले
गिरफ्तार गरेर ३ घण्टापछि रिहा गरेका छन् । उता, अस्पताल चौकमा
मोटरसाईकलमा आगजनी गरी केही व्यक्ति फरार भएका छन् भने सर्वसाधारणलाई
प्रहरीले गिरफ्तार गरेका छन् । गिरफ्तार हुनेमा मुकेश शर्मा, लनपा ६ का
कृष्ण गुप्ता, ललेन्द्र यादव, लनपा ३ का राकेश यादव, त्रिचन्द्रकुमार
महतोलगायत ११ जना रहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
मोटरसाईकलमा तेल, दैनिक उपभोग्य समाग्री तथा तस्करीको कामहरु भइरहेकोले
आन्दोलनकारीले कात्तिक ७ गतेदेखि नै मोटरसाईकलसहित बन्दीको कार्यक्रम
गरिरहेको छ । बन्दको अवज्ञा गरेको भन्दै अस्पताल चौकमा आज विहान झापाको
चन्द्रगढी भद्रपुर १२ का रुद्र दहालको बा.४१ क. ४६०० नम्बरको मोटरसाईकलमा
आगो लगाइ जलाएको छ भने सिन्धुलीको कनपा ६ बस्ने सिंहबहादुरका बा.३६ क. ८५८२
नम्बरको मोटरसाईकल समेत लहानमा जलाइएको छ ।
लहानक्षेत्रमा चौक चौकमा युवाहरुको समूह देखा परिरहेको छ भने लहान ६ स्थित बन्दको अवज्ञा गर्ने नेपाली कांग्रेसका अरुण केसी, लहान उद्योग वाणिज्य संघका एक पदधिकारीसहित र आन्दोलनकारीबीच झड्प भएको छ । झडपको क्रममा एक आन्दोलनकारीलाई कुटपिट गरेको छ । उता, आफ्नो सटर बन्द गरिरहेका ताहिर मियांलाई सशस्त्र प्रहरीले कुटपिट गरेको छ । मियांलाई गहिरो चोट लागेको छ ।