मधेशदेखि काठमाण्डौसम्म कालोबजारी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम दिनेश्वर गुप्ता लहान, ३ कात्तिक । ‘घरभित्रको झगडा मिलाउंन नसक्ने, दिल्ली दरबार पटक पटक कुदने’ यो कस्तो राष्ट्रियता बोकेका सरकार ? ‘ मधेश जलिरहेका छन् तर आफ्नोपन राष्ट्रियता बचाउंन पाप ठानिरहेको छ ।’ यो कथन मानव अधिकार संगठन सिरहाका सभापति राजकुमार राउतको हो । अधिकारकर्मी राउत भन्छन् —‘मधेशीले अधिकार माग गर्दा आफ्नै विर्ता गुम्ने देखेर देशको अर्थतन्त्र डमाडोल गरिदिए यो सरकारले ।’ ‘अहिले १ सय ४ रुपैयांको पेट्रोल ५ सयको दरमा किनेर चढिरहेका छन् ।’ ‘१४ सयको ग्यास ५ हजारमा किनेर बालिरहेका छन् ।’ तर, आफ्ना जनताको हकअधिकारको कुरा गर्न मानिरहेका छैन् । उल्टो आन्दोलनकारीलाई टाउंकोमा गोली हानिरहेको छ ।’ उहां राउत भन्छन् । करिब एक महिनादेखि भारतीय सिमानाकामा मधेशी आन्दोलनकारीले धर्ना बसेपछि पेट्रोलियम पदार्थको हाहाकार मात्रै नभई दैनिक उपभोग्य समाग्रीमा समेत कालोबजारी बढ्दै गएको छ । मधेशदेखि काठमाण्डौंसम्म पेट्रोलियम पदार्थको कालोबजारीको धन्दा फस्टाएको छ । आफन्तहरुले मधेशका अतिथीगतलाई काठमाण्डौं आउंने निम्तो दिने क्रम समेत बढ्दै गएको छ । निम्तोसंगै फोनमा कोसेली ल्याईदिन आग्रह गर्छन् । पहिले पहिले कोसेलीको रुपमा बरमझियाको पेडा, लहानको आंप, लहानको च्यूरा खसी ल्याउंन भन्थियो । अहिले ‘दश विस लिटर पेट्रोल र ग्यास लिएर आईदिनुस् न पिलिज’ यो संवाद लहान ७ का सतानसु शर्मासंग उनका काठमाण्डौका आफ्न्तको हो । शर्माले खोजाखाज गरेर २० लिटर पेट्रोल लिएर स्कर्टीगको नाईट बस चढेर राती १ बजे आज लहानबाट काठमाण्डौं पुगे । यो त आफन्तको लागि कोसेली लिएर जानु भयो । तर, कतिको यहां कालोबजारीको धन्दा नै भएको छ । आईतवार लहान १ का एक व्यावसायीले ४ सय ५० लिटर पेट्रोल एउटा जिपमा डिवा डिवामा राखेर काठमाण्डौंसम्म पुरियाऔं । उनी व्यावसायीले यहां १ सय २५ को दरमा किनेको पेट्रोल काठमाण्डौंमा प्रति लिटर ३ सय बढी लिएर बेचेर आएको छ । एक खेपमा एक लाखबढी कमाएपछि उनी फेरी त्यही धन्दालाई बढाव दिंदै आएको छ ।
दूई महिनादेखि चल्दै आएको बन्दीलाई चाडपर्वको महत्व दिई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले खुकुलो पारेको कारण यो धन्दा फस्टाएको छ । लहानक्षेत्रमा कतिले डिजल र पेट्रोल संकलन केन्द्र नै खोलेका छन् । लहान २ वडा, लहान १२ वडा, लहान ३ वडामा यस्ता संकलन केन्द्रहरु देखिन्छ । साना व्यापारीहरु ३० देखि ४० लिटर पेट्रोलियम पदार्थ लिएर आउंने गर्छन् र उनीहरुलाई ३० देखि ३५ रुपैयांसम्म प्रतिलिटर रकम भुक्तानी दिने गरेको छ भने संकलन केन्द्रले पठाएको तेलमा ३ सय प्रति लिटर मुनाफा लिदैं आएको छ । कालोबजारीलाई बढावा दिने काम कसले गरिरहेको छ ? यसप्रति ध्यानाकर्षण हुन आवश्यक छ । यसप्रति आन्दोलनकारी किन मौन ? प्रहरी प्रशासन किन चुपी कसेको होला ? यसमा पनि सरकारको राष्ट्रियता कहां हराएको हो । आखिर कालोबजारीको तेल पनि भारतबाट नै आउंने गरेको छ । सयको पेट्रोललाई पाँच सयमा बेच्नु वा ३५ सयको ग्यास सिलिन्डर १५ हजारमा भिडाउनु देखादेखी अपराध हो । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा २ (क) मा भनिएको छ, ‘नेपाल सरकारले मोल निर्धारण गरिदिएकामा सो मोलमा र नेपाल सरकारले मोल निर्धारित नगरेकामा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारण गरेको मोलभन्दा बढी लिई कसैले कुनै माल वस्तु विक्री गरेमा सो माल वस्तुको लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुनेछ र जरिवानासमेत हुन सक्नेछ ।’ त्यसैको दफा ३ (१) मा लेखिएको छ, नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको समुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’ इन्धन सरकारले मूल्य तोकिदिएको वस्तु हो । यसमा ऐनको दफा २ (क) आकर्षित हुन्छ । त्यसअनुसार बदमासी गर्नेलाई १० वर्ष कैदमा ठोक्न मिल्छ । भएन, अर्को धारा लाउने हो भने पनि ५ वर्ष त थुन्न गाह्रो छैन । तर, हुन सक्छ– कारबाही गर्ने निकायकै मिलेमतो र संलग्नतामा यो काम भइरहेको पो छ कि ? किनकि, राज्य र राज्यका संयन्त्रहरू चनाखो हुनुपर्ने समय यही हो ।

, ,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्