लहानमा ओली, प्रचण्ड र गच्छदारको शव यात्रा, ललिताले आत्म बलिदानी दिने
Advertise Here Book Now

        

ऑनलाइन सिरहा डटकम  लहान, २७ असोज । मधेशी युवा आन्दोलन परिचालन समिति लहानले आज प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारको मृत्त घोषणा गरेर शव यात्रा जुलुस लहानमा प्रदर्शन गरेको छ ।

 
आज ठिक दूई महिनादेखि जारी मधेश आन्दोलन तेस्रोका क्रममा हजारौंको संख्यामा रहेको प्रदर्शनकारीले ओली, प्रचण्ड र गच्छदारको सांकेतिक शव बनाएर लहान नगर परिक्रमा गरी बीच बजारमा लाशलाई जलाइएको आन्दोलन परिचालन समितिका संयोजक ताथ सद्भावना पार्टीका लहान नगर अध्यक्ष बालेश्वर यादवले बताए । 
लाश जलाइएको बेला वर्षा भइरहेपनि आन्दोलनकारीका सहभागी ललिता दासले ‘मधेश र मधेशीको माग पूरा भएन् भने म आत्म बलिदानी दिन्छु’ ‘सदिऔं गुलामी रहनु भन्दा यो शोषक कायर सरकारको विरुद्धमा बलिदानी दिने’ उनी बताइन् । 
नेपालमा आधा भन्दा बढी जनसंख्या रहेको मधेशी थारुलाई खस शासकले गुलामी बनाएर राखेका छन् भने आन्दोलनकारीको मुख्य माग संघीयको सिमांकन, स्वायत्त मधेश प्रदेश, समानुपाति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतको रहेको सद्भावनाका सहमहासचिव राजकुमार गुप्ता (राजु) ले बताए ।

तीन नेताको शव जलाएपछि क्रियाक्रमका रुपमा मुकेश ठाकुर र घुरन साहले उत्री लगाएका थिए भने आज लहान बजारभरी ओली, प्रचण्ड र गच्छदारको विरोधमा ‘राम राम सत्य है, सवका अही गत है’ भन्दै मलामी गन्तव्यतर्फ लागिएको मुस्लिम स्वायत्त परिषद्का केन्द्रीय संयोजक महमुद आलमले बताए । 
शव यात्रा कार्यक्रमको समापन संयुक्त मधेशी आन्दोलन संघर्ष समितिका संयोजक कृष्णबहादुर यादवले गरेका थिए । शव यात्रामा पूर्वमन्त्री राजलाल यादव, सद्भावना युवाका बीरेन्द्र यादव विरु, विद्यार्थी मन्चका विजय यादव, फोरम नेपालका प्रयाग यादव, ध्रुव साहलगायत हजारौं सहभागीता रहेको थियो ।



Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्