संघिय समावेसी मधेसी मोर्चाद्वारा अर्धनग्न धोती जुलुस प्रर्दशन, कोईराला,ओली र दहाललाई होसमा आउन नेता पटेलको चेतावनी
Advertise Here Book Now

जारी मधेस आन्दोलनको आज ५६ औं र नाकाबन्दीको १५ औं दिन संघिय समावेसी मधेसी मोर्चा पर्साले वीरगंजमा अर्धनग्न धोती जुलुस प्रर्दशन गरेको छ । मधेस आन्दोलनको ५६ दिन बितिसक्दा पनि नेपाल सरकारले मुलुक आधि अवादि भएका मधेसी समुदायहरुको भावनालाई कदर नगरी नयाँ सरकार गठनको खेलमा लोगेको नाङ्गो राजनितीका बिरुद्ध निर्धारित कार्यक्रम अन्र्तगत मोर्चाले आज व्यागांत्मक रुपमा सरकार नाङ्गो भईसकेको महसुस गरी  मोर्चाले अर्धनग्न प्रर्दशन गरेको मोर्चाका नेता शशिकपुर मियाँले बताए ।

वीरगंजको घण्टाघरबाट निस्केको सो जुलुस मधेसको माँग पुरा गर ,मधेस बिरोधी संबिधान शंशोधन गर,मधेसी एकता जिन्दाबाद जस्ता नारा लगाउदै वीरगंज नगरपरिक्रमा गरी पुनः घण्टाघरमै पुगेर समापन भएको थियो । समापन सभालाई सम्बोधन गर्दै मोर्चाका एक घटक नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार प्राप्तिको लागि आफनै देश भित्र देशको आधि जनसंख्या भएका मधेसी समुदायहरुले दुई महिना देखि आन्दोलन गरिरहेको तर नेपाल सरकार तथा यहाँका तिन ठुला दलका प्रमुखहरुले वेवास्ता गरी सत्ताको खेलमा लाग्नु नेपालकै लागि दुर्गभाग्य भएको ठोकुवा गदै्र्र अब पनि आन्दोलनलाई चाँडै सम्बोधन नगरिए देश गम्भिर संकटमा जाने बताउनुभयो ।लोकतन्त्रमा जनताको भावना संग खेलवाड गर्नु दुनियाको कुनै पनि मुलुकको लागि राम्रो नहुने चर्चा गर्दै नेता पटेलले नेपाल सरकार पुर्ण रुपले नाङ्गो भईसकेको र मधेसको मात्र हाईन पुरै नेपालको जनजिवन प्रभाबित भईरहेको वर्तमान अवस्थामा सरकार प्रमुखहरुलाई अबिलम्ब होसमा आउन चेतावनी दिनुभयो ।

सो सभालाई नेकपा माओवादीका पर्सा संयोजक छोटेलाल यादव,मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बिरेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेल,नेपाल समाजवादी पार्टी लोहीवादीका पर्सा अध्यक्ष अजय गुप्ता,नेसपा पर्साका अध्यक्ष मनोज कर्ण लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा मोर्चाका नेता ,कार्यकर्ता तथा सर्वसाधारणको व्यापक उपस्थिती रहेको  थियो ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्