लहानको आखा अस्पतालमा विरामी आउन छाडेपछि अस्पताल सुनसान
Advertise Here Book Now
शम्भु यादव लहान । दुई महिना देखि समुक्त मधेसी मोर्चाले गरेको तराई आन्दोलन र बन्दले करण सगरमाथा चौधरी आँखा अस्पताल उपचार गराउन आउने बिरामीको संख्या ह्वात्तै घटेको छ ।
उपचार गराउन आउने बिरामीको संख्या घटेसंगै अस्पतालको आम्दानीको स्रोत घटेपछि कर्मचारीलाई तलब दिन पनि समस्या परेको अस्पतालका प्रशासक अभिषेक रोषणले बताए ।
रोषणका अनुसार अहिले दैनिक रुपमा पहिलेको भन्दा न्युन संख्यामा मानिसहरु आँखा चेकजाँच गराउन आउने गरेका छन्।
अस्पतालमा भारतका बिभिन्न स्थानबाट उपचारको लागी भारतिय नागरिक आउने गरेपनि अहिले आन्दोलन र बन्दले उपचार गराउन आउनेको संख्या ह्वात्तै घटेको उनले बताए ।
पहिले दैनिकी आठ सय देखि हजार विरामी आउने यस अस्पतालमा अहिले दुई सय मात्र बिमारी उपचारको लागी आउने गरेका छन् ।
यस्तै गत वर्ष सेप्टेम्वर महिनामा १६ हजार ८ सय ९९ ले आँखाको चेकजाँच यो वर्षको सेप्टेम्वरमा ६ हजारको मात्रै भएको प्रशासक रोषणले बताए ।
उनले सोही महिनामा गत वर्षको सेप्टेम्वरमा ५ हजार भन्दा बढीलाई शल्यक्रिया गरिएको थियो तर यो वर्ष १४ सयको मात्रै भएको जानकारी गराए । यस्तै बन्दको कारण अस्पतालमा औषधीको अभाव हुन लागको छ भने स्टकमा रहेको औषधी समेत सकिन लागेको छ ।


