सिरहामा खुलेआम ब्रहमलुट, सम्बन्धित निकाय मौन
Advertise Here Book Now
सरोज कुमार पासमान
सिरहा
असोज २१, सिरहा । सिरहामा बन्द संगै पेट्रोलियम पदार्थमा ब्रहमलुट भईरहेको कुरा कसै संग लुकेको छैन् । ५४ दिनको मधेश बन्दमा सिरहाको बजारमा पाइने विभिन्न खाने कुराहरुमा मिसावट संगै व्रहमलुट भइरहेको छ ।
बजारमा ब्रहमलुट भइरहेको अति आवश्यक पदार्थहरु मध्ये पेट्रोलियम पदार्थले आफ्नो उच्च स्थान राख्न सफल भएको छ । सिरहाको विभिन्न स्थानमा चिया पसल, पान पसल, औषधी पसल, लुगा पसल, सार्वजनिक स्थल र पुर्व–पश्चिम राजमार्ग तथा सहायक राजमार्गहरुको छेउछाउमा मिलरल वाटरको बोतलमा मटितेल लगायतका विभिन्न पदार्थहरु मिसावट गरी पेट्रोल विक्रि वितरण गरेको पाइन्छ ।
प्रति लिटरको एक सय चार रुपैयाँ पचास पैसा पर्ने पट्रोलको मात्र ८ सय ग्राम राखिएको बोतलको सिरहाको विभिन्न बजारमा एक सय पचास देखि दुई सय असी रुपैयाँ पर्ने गरेको पाइएको छ । सिरहाको बजारमा अहिले विभिन्न कारोबार बन्दभए पनि कालोबजारीको मार्केट राम्रो संग लिएको छ । सिरहा सदरमुकाम लगायतका सयौं स्थानमाहरुमा खुलेआम मिसावट गरिएका पेट्रोलियम पदार्थ विक्रि वितरण भइरहेको छ । तर यसलाई नियन्त्रण गर्ने जिल्ला प्रसाशन कार्यालय सिरहाले टुलुटुलु हेर्ने सिवाय केहि गर्न सकिरहेका छैनन् ।
सिरहामा पेट्रोलको गाडी नआएको होईन सिरहाको विभिन्न पेट्रोल पम्पमा पेट्रोल आउने गरेको छ । तर पेट्रोल सर्वसधारणलाई नदिई थोक विक्रेता र नातेदारलाई थोक रुपमा दिने गरेकाले यस्तो समस्या आएको हो ।
पेट्रोल आउने केहि समय अगाडिनै मिनरल वाटरको बोतलमा बेच्नेहरुलाई जानकारी दिने गरेको हुन्छ । पेट्रोल आए पछि ठूलठूला घम्पाहरु लिएर आएकाहरु लाईनमा वस्ने गर्छ त्यस पछि आलोपालो त्यही व्यक्तिहरुलाई पेट्रोल दिने गरेको भन्ने कुरा यसै समाचारमा दिएको तस्विरले प्रष्ट पारेको छ ।
ठूलो घम्पामा पेट्रोल लिएर बढीमात्रामा स्टोर गरी सकेपछि शुद्ध पेट्रोलमा विभिन्न पदार्थहरु मिसावट गरी विभिन्न चौकहरुमा सानो बच्चाहरुलाई प्रयोग गरी पेट्रोलको बोतल बिक्रि गर्ने गरेको अहिले सिरहाको सबै नगरपालिका र गाउँको चौकहरुमा सजिलै हेर्न सकिन्छ । सिरहाको विभिन्न स्थानमा मिसावट गरी विक्रि गरिरहेको पेट्रोल भारतको जयनगर र लदनियाँ बजार लगायतका विभिन्न बजारहरुबाट पेट्रोल ल्याएर समेत बिक्रि वितरण गर्ने गरेको उपभोक्ताहरुको भनाइ रहेको छ ।
भारतमा पनि नेपालीलाई ब्रहमलुट
विगत दुई साता देखि भारतबाट कुनै समान नेपाल आउन नदिने उद्देश्यले नेपालको मुख्य तथा सहायक नाकाहरुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले दिनरात धर्ना दिइरहेका छन् । तर पनि मार्चाका आखाँमा धुलो दिएर दिनहु हजारौं लिटर पेट्रोल सिरहाको विभिन्न नाकाहरुबाट आई रहेको छ ।
नेपालमा पेट्रोलको समस्या कायम रहेको अवस्थामा भारतीय पेट्रोल पम्पहरुले मौका छोपी एउटा मोटरसाइकलमा ३ लिटर तेल मात्र दिने गरेको छ । यदि वढी लिने हो भने आई.सी. २ सय ७० पर्ने मोबिल लिनै पर्ने वाध्यता हुन्छ । अहिले भारतमा प्रति लिटरको आई.सी. ६६ रुपैयाँ ४३ पैसा पर्ने गरेको छ ।
त्यसमा पनि घण्टौ लाइनमा बसेर पेट्रोल लिनुपर्ने बाध्यता रहेको छ । सिरहा लगायत विभिन्न स्थानका हजारौं नेपाली नम्बर पलेटभएका मोटरसाइकलहरु भारतिय पेट्रोल पम्पमा लाइन लागर पेट्रोल लिने गरेको छ ।