सिरहाका सभासद् रामचन्द्रका छोरा बद्रीलाई मार्ने योजना गरिरहेका एमालेका रामऔतारलाई मधेशवादीले कुट्दै लखेट्दै
Advertise Here Book Now

लहान २० असोज । सिरहा क्षेत्र नं. ४ का सभासद् रामचन्द्र यादवका छोरा बद्री यादवलाई मार्ने योजना बनाइरहेका एमालेका सिरहा जिल्ला कमिटी सदस्य रामऔतार यादवलगायत दर्जनौलाई कुटपिट गर्दै लखेट्नु परेको मधेश राष्ट्र समाजवादीका राहुल यादवले बताउंनुभयो । राहुल यादवले भने एमालेका रामऔतार यादवले विष्णुपुर ८ गडमेलमा संविधानवारे जनतामा भ्रम फैलाउंने कार्यक्रम गरिरहेको सूचना पाएलगतै स्थानीयवासी र लहानबाट गएका मधेशीवादीहरुले  रामऔतारलाई कुटपिट गर्न लाग्दा उनले भने ‘हामी बद्री यादवलाई मार्ने योजना बनाइरहेको छु ,संविधानको कुनै कार्यक्रम नरहेको दावी गरेको राहुलले बताउंनुभयो । सोहीक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र वैद्य नेतृत्वको नेकपा माओवादीका नेता तथा कार्यकर्ताले मंगलबार दिउँसो  कुटपिट गर्दै रामऔतारलाई लखेटेका छन् ।
सिरहाको विष्णुपुरकट्टी–८ स्थित गडमेमा बसेको संविधानवारे छलफल तथा मान्छे मार्ने षड्न्यत्रलाई लहानबाट गएका पूर्वमन्त्री राजलाल यादव, सदभावनाका सहमहामन्त्री राजकुमार गुप्ता (राजु), बैद्यका विजय गुप्तालगायत सयौं आन्दोलनकारीले त्यहां पुगेर रामऔतार यादव, राजकुमार साह, भगलु महतो, देवलाल यादव, विन्देश्वर यादवलगायतका एमाले समर्थितलाई कुटपिट गर्दै कार्यक्रम विथोलेका हुन् । बैठक बस्न नदिएपछि आ–आफ्नो घर हिँडेको अवस्थामा मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तालाई बाटोमै घेरेर कुटपिटसमेत गरेका छन् । एमालेका जिल्ला सदस्य रामऔतार यादवमाथि हातपात र अन्य कार्यकर्तालाई कुटपिट गरेका हुन् ।  एमालेका करिब सातजना कार्यकर्ताको मोटरसाइकलसमेत  तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताले एमालेका कार्यकर्तालाई बाटोमा घेरेर संविधानको विरोध गर्न कालो झन्डासमेत बोक्न लगाएका थिए । एमालेका जिल्ला सदस्य रामऔतार यादवसहितका दर्जनौँ कार्यकर्तालाई कालोझन्डा हातमा बोक्न लगाएर संविधानको विरोध गर्न लगाएका थिए । यसैबीच, ईलाका प्रहरी कार्यालय लहानबाट एक इन्स्पेक्टरको टोली घटनास्थलमा पुगेपछि भिड तितरवितर भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्